अर्थगणेश साकोस , फुलवारी , चितवनद्वारा फुलवारी स्वास्थ्य चौकी र भ.म.न.पा.-१५ नं वडा कार्यालयलाई फर्निचर सहयोग प्रदान

बचत तथा ऋण कारोवारसँगै समय-समयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको चितवनको भरतपुर महानगरपालिका-१५, फुलबारीमा रहेको अर्थगणेश बचत तथा ऋण सहकारी संस्था लि.ले सेवाका लागि आएका सेवाग्राहीहरुलाई बस्न मिल्ने खाले फर्निचरका सामाग्री फुलबारी स्वास्थ्य चौकी र भरतपुर महानगरपालिका वडा नं.१५ लाई सहयोग स्वरुप: प्रदान गरेको जनाइएको छ । विभिन्न स्थानीय सामाजिक र सेवाप्रदायक विभिन्न संघ /संस्थाहरुलाई सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत सहयोग गर्ने क्रममा आज फुलवारी स्वास्थ्य चौकीको प्राङ्गणमा सोही संस्थाका अध्यक्ष किशोर गुरुङको अध्यक्षता , भरतपुर महानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष शम्भुबहादुर भण्डारीको प्रमूख आतिथ्यता र फुलवारी स्वास्थ्य चौकीकी प्रमुख सुनिता सुवेदीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच प्रदान गरिएका फर्निचरका सामाग्रीमा बस्न मिल्ने स्टिलको आरामदायी सोफा र बेञ्च-३ थान रहेका छन् । ती सामाग्री त्यसै संस्थाका अध्यक्ष गुरुङले वडाध्यक्ष भण्डारी र स्वास्थ्य चौकी प्रमुख सुवेदीलाई हस्तान्तरण गर्नुभयो । उक्त सामाग्री ग्रहण गर्दै प्रमुख अतिथि भण्डारी र विशेष अतिथि सुवेदीले सो सहयोगप्रति उक्त संस्थालाई आभार सहित धन्यबाद ज्ञापन गर्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष गुरुङले अर्थगणेश बचत तथा ऋण सहकारी संस्था लि.को कियाकलापको बारेमा प्रकाश पार्दै ‘सेवा लिन आएका सेवाग्राहीहरुलाई सुविधा मिलोस् भन्ने उद्देश्यले हाम्रो यस संस्थाले फुलबारी स्वास्थ्य चौकी र यस १५ नं. वडा कार्यालयलाई यो सानो सहयोग गर्न पाएकोमा ख़ुशी लागेको छ’ भन्नुभयो । त्यसै संस्थाका व्यवस्थापक विश्व अधिकारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सोही वडा सदस्य सृजना अधिकारी लामिछाने , त्यसै संस्थाका उपाध्यक्ष शारदा बराल , कोषाध्यक्ष मिनबहादुर थापा , सह-सचिव श्याम जोशी , लेखा सुपरीवेक्षण समिति सदस्य कृष्ण श्रेष्ठ , ऋण लगानी तथा असुली उप-समितिका सदस्य धुर्व पौडेल , कार्यालय ब्यवस्थापन उप-समितिका संयोजक धर्मराज आचार्य , सल्लाहकार संयोजक सूर्यप्रसाद सुवेदी र सञ्चारकर्मी अनिल बानियाको उपस्थिति रहेको थियो ।