सहकारी शिक्षा तालिम र सुचनामा महामारीले जुटाएको अवसर- प्रकाश भुसाल संचालक, लुम्बिनी प्रदेश सहकारी संघ कार्यकारी निर्देशक, साथी साकोस सन्धिखर्क –०२, अर्घाखाची

मानवजातिकै साझा बैरीको रुपमा देखा परेको कोरोनाका कारण विश्व आक्रान्त छ । यसबाट हाम्रो देश अछुतो रहने कुरै भएन, यसले मानविय जीवनमा पारेको क्षति परिपूर्ति हुन दशकौँ लाग्न सक्छ । दैनिक जीवनलाई गतिशील बनाउन विभिन्न बैकल्पिक उपाय अपनाई कोरोना विरुद्ध सावधानी, संयमता अपनाई लड्नुपर्ने अहिलेको टड्कारो आवस्यकता छ । यस महामारीले मानब स्वास्थ्य, दैनिक जनजीवनमा मात्र असर गरेन राज्य संचालन, आर्थिक गतिविधि, विश्व परिवेश मै उथलपुथल ल्यायो । शायद विश्व समुदायले नै सामुहिक रुपमा भोग्नुपरेकोे सबैभन्दा ठुलो समस्या कोरोनाको कहर नै होला । यसबाट सहकारी क्षेत्र प्रभावित नहुने प्रश्न नै आउदैन सहकारीका धेरै सदस्यहरु स–साना उद्यम व्यवसाय, कृषि, पशुपालन गरेर जीविकोपार्जन गरिरहेका हुन्छन । कोभिड महामारीका कारण किसानका उत्पादन समेत फाल्नुपर्ने स्थिति मात्र होइन दैनिक हात मुख जोड्न धौ–धौ भयो । हजारौको संख्यामा हामीले आफ्ना सदस्य गुमायौ, लाखौ सदस्यहरु कोभिडलाई परास्त गर्न सफल भयौ, रोजगारी, स्वरोजगारीका कैयौ अबसरहरु गुमाउनु पर्यो । कोभिडले पुराएको क्षतिको कुनै कुरासंग तुलना गर्न सकिदैन तर यसले जुटाएकोे अवसरको बारेमा चर्चा गरौ । कोभिडले दिएको चुनौती संगै केहि सम्भावनालाई पनि संग संगै लिएर आएको छ । मानिसलाई समस्या संग जुध्न सक्ने आत्मविश्वास बढाएको छ भने विभिन्न वैकल्पिक उपायहरु खोज्न सक्ने अवसर पनि प्रदान गरेको छ ।
शिक्षा, तालिम, सुचना, बैठक, सेमिनारहरु अभौतिक तबरले गर्ने परिपाटी विकास भएको छ जसका कारण मानिसलाई प्रविधिमैत्री बनाएको छ । अनलाईन मार्फत विश्वको जुनसुकै कुनामा जोडिने बानीको विकास गरेको छ । भर्चुअल संस्कृतिको विकास भएको छ । लाभ र हानि विश्लेषण गर्दा हानि धेरै लाभ कम भएपनि यस महामारीले अवसर पनि दिएको छ । सहकारी क्षेत्रले सदुपयोग गर्न सके महामारीका समयमा गरेका प्रयासहरुलाई कम आकलन गर्न सकिदैन । सहकारी क्षेत्रको महत्वपूर्ण पाटो भनेकै सदस्यहरु सुसुचित हुनु हो । यसको मुख्य अस्त्र नै सहकारीको पाचौँ सिद्धान्त शिक्षा, तालिम र सुचना हो । यसका लागि लकड़ाउनको समयमा पनि घरमै बसीबसी आफुलाई चाहिएको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने बाताबरण बन्यो । विगतका बर्षहरुमा सहकारीको संजालबाट बाहिर रहेका सहकारीकर्मी र सहकारी संस्थाहरु गत बर्षको लकडाउनबाट घरमै बसीबसी अभौतिक तरिकाले सहकारी अभियानमा जोडिने मौका पाए । अतिरिक्त समय, खर्च विना आफ्ना आवश्यकताका तालिम, गोष्ठि र सेमिनारहरुमा आफ्नै स्थानबाट सहभागी हुने अवसर प्राप्त भयो । विगतमा सहकारी अभियानमा जोडिने र अभियानका कुराहरु थाहा पाउने केहि सिमित व्यक्तिहरु मात्र हुन्थे । महामारी समयमा वैकल्पिक उपाय खोजी हुदा सहकारीका तालिमहरु भर्चुअल रुपमा जुम, फेसबुक, युटुब मार्फत लिन सकिन्छ । जसले गर्दा तालिम लागतमा कमि आएको छ भने जसलाई जुन तालिम आबस्यक छ अन्य समयमा पनि खोजेर लिन र हेर्न सकिने अबस्था आइसकेको छ । विगतका बर्षहरुमा निःशुल्क तथा सेवा सुविधा सहितका तालिम लिन पहुच र भनसुन चल्ने कुनै व्यक्तिले एउटा तालिम धेरै पटक लिने कोहि अबसरबाट बन्चित हुने अबस्था थियो । अहिले सामाजिक संजालको सूचनाका आधारमा आफुलाई आवस्यक परेको तालिम निःशुल्क रुपमा लिन सकिन्छ पहिले संख्या पुराउन भत्ताको लागी तालिम लिन टाढा टाढा सम्म गई तालिम लिने चलन थियो । हाम्रो सहकारी अभियानमा सहकारी तालिम प्रगति देखाउन, संख्या पु¥याउन, विनियोजित बजेट खर्च देखाउन एकदमै औपचारिक ढंगबाट गर्ने प्रचलन हावी छ । जसले गर्दा आवस्यकता पर्ने भन्दा संख्या पु¥याई व्यावरिकता कम औपचारिकता बढीमा सिमित भएको नमिठो अनुभव छ । रुची र आवश्यकता बिना लिएको तालिमले राम्रो परिणाम दिदैन । लकडाउन पछि अभौतिक रुपमा तालिम, अभिमुखीकरण कार्यक्रममा भाग लिदा रुची र आवश्यकता हुनेले मात्र लगनसिलता पुर्वक भाग लिन्छन, आफुलाई चाहिने सामाग्रीहरु सामाजिक संजालमा खोजी गर्छन, जसले गर्दा व्यबारिक रुपमा बढी परिणाममुखी हुन्छ । बन्दाबंदीको समयमा केवल तालिमहरु मात्र हैन संघ संस्थाका साधारणसभा, गोष्ठी, सेमिनार, बैठकहरु लगायतका विभिन्न कार्यक्रमहरु घर संस्थामै बसीबसी भाग लिने, छाता संगठनहरुले सुचना संकलन गर्ने, सहकारीकर्मीहरुको मत, राय लिने परम्पराको विकास भएको छ । अनलाईन मार्फत गरिने तालिम सामाग्री लगायतका विषयवस्तु सामाजिक संजालमा स्टोर हुनेहुदा देश विदेशवाट जुनसुकै समयमा जसलेपनि हेर्न सक्ने साथै तालिमका सहभागीको ज्ञान क्षमता प्रशिक्षकलाई थाहा नहुने हुदा प्रशिक्षकले राम्रो तयारी उच्च सतर्कता अपनाउनु पर्ने भएकोले तालिमको गुणस्तर राम्रो हुने सम्भावना बढी हुन्छ । यस्तो प्रयासले नव सिकारु ग्रामिण क्षेत्रका सहकारी संस्था र सहकारीकर्मीहरुलाई पनि प्रविधिमैत्री बन्न प्रेरित गरेको छ । जसका कारण आफ्नो संस्थालाई प्रविधियुक्त हुनुपर्छ भन्ने हौसला प्रदान भएको छ ।
एक्काईसौँ शताब्दी प्रविधिको युग हो । जसले गर्दा संसार नै सानो एउटा गाउ सरह भएको छ । आजभोली व्यापार व्यवसाय किनबेच अनलाईन मार्फत हुन् थालिसकेको छ । यहि रफ्तारमा अघि बढ्ने हो भने भविष्यमा सटर खोलेर पसल गर्ने परम्पराको अन्त्य हुने निश्चित छ । बैकिङ्ग क्षेत्र त यति धेरै डिजीटलाईज भैसक्यो कि ग्राहकले आफना धेरै ट्रान्जेक्सनहरु अनलाईन मार्फत गर्न थालिसके । विश्व समुदायमा क्रिप्टोकरेन्सी जस्ता डिजिटल कारोबारका कन्सेप्ट आइसके । यस्ता अबधारणाको आत्मसाथ गर्न अब हामी सहकारीकर्मी पछाडी प¥र्यौँ भने सहकारी क्षेत्र नै पछी पर्ने कुरामा कुनै दुविधा छैन । कम्तिमा यस महामारीले हामीलाई यस बारेमा सोच्ने अबसर प्रदान गरेको छ । यदि आजको युगमा हाम्रा संस्थाहरु प्रविधिमैत्री बन्न नसकेमा पछिपर्ने सुनिश्चित छ । त्यसैले यस बन्दाबंदिका अनलाईन कार्यक्रमहरुले सहकारी संस्थाहरुलाई प्रविधिमैत्री बन्न प्रेरित मात्र गरेको छैन आफना संस्थालाई कम्प्युटर सफ्टवेयर राख्ने, नेपाल सरकार भुमि व्यबस्था तथा सहकारी मन्त्रालयले जारि गरेको कोपोमिसमा सामेल हुनुपर्छ भन्ने भावनाको विकास गराएको छ ।
पूर्वी भेगका सहकारीका सफल कथा पश्चिमका सहकारीले अनुसरण गर्ने, मधेसका सहकारीको ज्ञान सिप पहाडमा सहकारीले सिक्ने, अनलाईन मार्फत हिमाली भेगको सहकारीको उत्पादनको प्रचार तराई र पहाडी भेगमा गर्न सकिने सहकार्यको संस्कृति विकास भएको छ । भविष्यमा यसले सबैलाई उत्पादन संग जोडने, ज्ञान, सिप र क्षमताको विस्तार गर्ने छ । सहकारीका अन्तराष्ट्रिय अभ्यासहरुको रुची अनुसार खोज गर्ने बानीको विकास भएको छ । डिभिजन सहकारी कार्यालयले स्थानीय निकायलाई सहकारी हस्तान्तरण गरिसकेपछि टुटेको नेटवर्क अनलाईन मार्फत जोडिन पुगेको छ जसले गर्दा सहकारी मन्त्रालय, विभाग, प्रदेश, स्थानीय तह विच जोडिन गतिविधि थाह पाउन केहि सहज भएको छ । यस प्लेटफर्मको प्रयोग गरि सहकारी महासंघ, विषयगत संघहरु आफना सदस्य संस्थाहरु संग जोडिएर धेरै गतिविधिहरु गर्दै आएका छन । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, दर्जनौ जिल्ला बचत संघहरु र सयौं सहकारी संस्थाहरुले आफ्ना तालिम र अन्य कार्यक्रमहरु अनलाईन मार्फत गरि नयाँ संस्कारको विकास गरे । सरकारी निकाय तथा छाता संगठनहरुलाई तथ्याङ्क तथा सुचना संकलन गर्न र संस्थाहरुलाई अभियानसंग अभौतिक रुपमा सिधै जोडिन प्रविधिको प्रयोग गर्ने अबसर प्रदान गर्ने कोरोना महामारी नै हो, जसका कारण समय र लागत घटेको छ भने स्थान छनौट गर्न सहज भएको छ । यदि संविधानले प्राथमिकता दिएको सहकारी क्षेत्रलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने हो भने समाजवाद उन्मुख अर्थतन्त्रको ध्वजावाहक सहकारी संस्थाहरु नै हुन, सक्छन, हुन सक्छन । यसको पहिलो शर्त नै सहकारी संस्थाका सदस्यहरु सुसुचित हुनु नै हा,े यसका लागि सबैभन्दा ठूलो अस्त्र नै शिक्षा तालिम र सुचना नै हो । अब सर्वसुलभ तरिकाले कम लागत, कम समय र पायक स्थान भनेकै भर्चुअल अबधारणा हुन् सक्छ । जुन अबसर महामारीले जुटायो अब सहकारी क्षेत्रले महामारीले दिएको घाउमा मलम स्वरूप यस अवसरको सदुपयोग गर्न सक्नुपर्छ ।