सहकारीका बाधक अरु ४६ वटा ऐन संशोधन हुनुपर्छ

–केशवप्रसाद बडाल , नि:बर्तमान अध्यक्ष , राष्ट्रिय सहकारी महासंघ लि.,नेपाल
पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारी ऐन,२०७४ राम्रोसँग कार्यान्वयन गर्न अरु ४६ वटा ऐन संशोधन हुनु पर्ने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सामाजिक , आर्थिक र सांस्कृतिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउदै सबै ३ करोड नेपाली नै सहकारीमा आवद्ध हुनुपर्छ’, भन्नुभयो । सहकारी सञ्जालका संवाददाता इश्वर ढुंगेलको सहयोगमा उहाँसँग गरिएको उक्त कुराकानी यस प्रकार छ ।