तामागढी सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न
बाराको कोल्हबी नपा– तामागढी मा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको १३ औ बार्षिक साधारणसभा मिति २०७८÷०६÷१६ गते शनिबारका दिन संस्थाका अध्यक्ष श्री श्याम प्रसाद खनाल ज्युको अध्यक्षता तथा संस्थाका जेष्ठ सदश्य श्री ओम नाथ खनाल ज्युको प्रमुख आतिथ्यमा एवम संस्थाका संरक्षक युवराज क्षेत्री ज्यु, नेफ्स्कुन फिल्ड कार्यलय बिरगंज पर्साका प्रमुख श्री बृजेश गुप्ता, ्इलाका प्रहरी कार्यलय कोल्हबिका प्रमुख, राष्ट्रिय सुचना आयोग प्रदेश न .–२ का अध्यक्ष श्री संतोष पाण्डे ज्युको विशेष उपस्थिति लगाएत कोल्हबी न. पा. का वडा अध्यक्ष ज्युहरु ,करैयामाइ गा. पाका वडा अध्यक्षुहरु ,बारागढी गा.पा. का वडा अध्यक्ष ज्युहरु पत्रकारहरु , विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरु तथा संस्थाका समिती ,विभिन्न उपसमिति, सेवाकेन्द्र समिती, कर्मचारी एवम संस्थाका शेयर धनी ज्युहरुको बृहद उपस्थितिमा साधारणसभा सफलता पुर्बक सम्पन्न भएकोे थियो ।
प्रमुख अतिथी संस्थाका जेष्ठ सदस्य ज्युले सम्पुर्ण सदस्यहरुको माझ आफुले यो किसिमको सम्मान पाउँदा अतिनै हर्शित भएको बताउनु भयो साथै संस्था सधै सदस्य मैत्री रहेको उद्घघोस समेत गर्नु भयो
संस्थाका संचालक समिती सदस्य श्री चन्द्रवती देवि चौधरी ले कार्यक्रममा आमन्त्रित अतिथी लगाएत सम्पुर्ण शेयर धनी सदस्य ज्युहरुलाइ स्वागत गर्नु भयो ।
संस्थाका अध्यक्ष खनालले संस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका लेखा समिती संयोजक श्री एकराज आचार्य ज्युले लेखा प्रतिबेदन ,साथै सुझाव प्रस्तुत गर्नु भया े।
संस्थाका संरक्षक श्री युवराज क्षेत्री ज्युले संस्थाको बितेका दिनको टिप्पणी सहित आगमी कार्यदिशाको मार्ग चित्रण गर्नु भया े। संस्थाका मुख्य प्रबन्धक बासुदेव रिमालले संस्थाको बित्तीय गतिबिधी सहित आगामी कार्ययोजनाको बारेमा प्रकाश पार्नु भयो।
श्री राजहरण चौधरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितीको र १ संयोजक सहित ३ सदस्यीय लेखा सुपरिवेक्षक समितीको सार्बजनिक गरिएको थियो ।

