नवलपरासीको कुबेर सहकारीले ग-यो ७ औं बार्षिक साधारण सभा सम्पन्न

0 Shares

नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बर्दघाट सुस्ता पश्चिम मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्था लि.को ७ औं बार्षिक साधारण सभा २०७८ पुष १० गते शनिबारका दिनवाल्मीकि प्राथमिक विद्यालय भटौलिया सरावलमा भब्यताका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश ५ नम्बर का उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अजय बहादुर शाहीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
साथै विशिष्ट अतिथि पालिनन्दन गाउपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता उर्फ दीपक, सरावल गाउपालिका का उपाध्यक्ष उतमा राय, त्यसैगरी अतिथिहरुमा सरावल गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेयात अलिखा, सरावल गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादव, सरावल गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिनेश सहनी, सरावल गाउपालिकावडा नम्बर ६ का समाजसेवी झिन्कु सिंह, सरावल गाउपालिका वडा नम्बर ६ का समाजसेवी ध्रुव नारायण चौधरी, धिरेन्द्र चौधरी, सज्जाद अली लगायत विभिन्न तहका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो
सो कार्यक्रममा प्रमुख अतिथि शाहीले संस्थाको संस्थाले गरेको प्रगतिको प्रंशसा गर्दै संस्थाको साधारण सभाको सफलताको व्यक्त गर्नुभयो ।
साथै सो कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सोहि संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद बानियाँले ०७७÷०८७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिव युवराज मौर्ययाले आर्थिक बर्षको नया कार्य योजना प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका सदस्य जय गोविन्द यादव द्वारा स्वागत मन्तब्य तथा शुभकामना मन्तब्य प्रस्तुत गर्नुभयो । साथै संस्थाका लेखा संयोजक दिनेश प्रसाद कलवार लाई मायाको चिनो द्वारा सम्मान गरिएको थियो, ऋण लगानी संयोजक सुर्यधन कोइरीलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरियो धितो मुल्यांकन संयोजक जय गोविन्द यादवलाई समेत मायाको चिनो प्रदान गरिएको थियो सामाजिक मुल्यांकन संयोजक गोविन्द मुराव तथा उत्कृष्ट कारोबारी सदस्य हरुलाई समेत सम्मान गरिएको थियो।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले विभिन्न रेमिट्यान्सका सेवाहरु समेत संचालन गर्दै आईरहेको छ ।

सो कार्यक्रमको सहजीकरण संस्थाका ब्यवस्थापक लक्षमण कोइरीले गर्नुभएको थियो
संस्थाको असार मसान्तसम्मको सदस्य संङख्या २,४५९ रहेको छ भने कुल नाफा– ३६ लाख ३० हजार ६७ रुपैयाँ, सेयर पुजी– ५४ लाख ७५ हजार ४०० सय रुपैया, कर्जा लगानी– ७ करोड ९० लाख ५८ हजार ३९७ रुपैयाँ, निक्षेप संकलन– ८ करोड ५० लाख ८३ हजार १११ रुपैया, र कुल कारोबार– ११ करोड ८९ लाख ४४ हजार ७०७ रहेको जानकारी गराईएको छ ।
हाल संस्थाको २ ओटा सेवा केन्द्र रहेको र आगामी दिनमा ४ ओटा सेवा केन्द्र विस्तार गरि ६ ओटा सम्म सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताईएको छ ।

 

Leave a Reply