बर्दियाको सिको सहकारी, सहकारी एकिकरणमा अगाडि बढ्दै

0 Shares

बर्दियाको ठाकुरबाबा नगरपालिका –१ भुरी गाउँमा मुख्य कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी संस्था लि .ले सहकारी एकिकरण अभियानलाई जोड दिईरहेको छ । सहकारीको नीति विधि र प्रविधिमा रहेर सदस्यमुखी सेवाको भावना बोकेर अगाडि बढ्दै आईरहेको यस संस्थाले बर्दिया जिल्लामै आफ्नो छुट्टै पहिचान बनाई नमूनायोग्य कार्य गर्दै आईरहेको छ । सहकारी एकिकरणलाई जोड दिँदै आईरहेको सो संस्थाले हाल आएर पनि केहि संस्थाहरु सँग एकिरण गर्ने सहमती गरिरहेको जनाईएको छ ।
२०७५ साल असार १ गतेका दिन सिर्जना सहकारी, कोशेली सहकारी र लक्ष्मी सहकारी सँग एकिकरण गरिसकेको छ ।
त्यस पछि २०७५ माघ ३ गतेका दिन बालकुमारी महिला लालपाते दुग्ध सहकारी सँग एकिकरण गरी सिको संस्थाको नामबाटै एकिकृत कारोबार शुरु गरेको संस्थाका व्यस्थापक हरिहर पौडेलको भनाई छ ।

सहकारी एकिकरण पश्चात संस्थाको परिवार, पूँजी र क्षेत्र विस्तार भएको छ र सदस्यहरुबाट समुदायमा एक प्रकारको उत्साह जागरण भएको अनुभूती भईरहेको संस्थाका अध्यक्ष दामोदार अधिकारीको भनाई छ ।
सिको बचत तथा ऋण सहकारी संस्थाको स्थापना र यसका उत्पादित सेवाहरुले संस्थागत विकासका साथै यसको क्षेत्रभित्र बसोबास गर्ने समुदायको पनि उन्नति प्रगति सँगै उनिहरुको जीवन स्तर माथि उठेको संस्थाका अध्यक्ष अधिकारीको भनाई छ ।
गरिबी न्युनिकरण, रोजगारी सिर्जना, आम जनसमुदायको सहज पहुँचको सुनिश्चिता र सामाजिक एकता र सद्भाव बढाउँदै सहकारी मार्फत युवा तथा महिला उद्यमशीलता विकास नभए सम्म उत्पादन बृद्धि हुन सक्दैन अब हरेक सिको सहकारीका सदस्य उत्पादन सरिक हुनुपर्ने उहाँको जोड रहेको छ ।

२०५० साल असोज ९ गते विधिवत रुपमा दर्ता भई ४२ जना शेयर सदस्यहरुबाट कारोबार संचालन गर्दै आईरहेको सो सस्थाको हाल आएर ३ करोड ५७ लाख शेयरपुँजी, ३६ करोड कुल कारोबार रहेको छ भने संस्थामा ८ हजार २ सय ५७ जना सदस्यहरु आबद्ध भईसकेका छन् ।
संस्थाले उद्यमी महिलाहरुलाई समावेश गरी ८२ वटा महिला जिविको पार्जन क्लबहरु गठन गरी महिला शशक्तिकरण अभियानलाई पनि जोड दिँदै आईरहेको छ ।
त्यसैगरी संस्थाले आफ्ना सबै सदस्यहरुलाई वित्तीय सेवाको पुहँच पु¥याउनको लागि बर्दिया जिल्लाका ५ वटा स्थानीय पालिकाहरुलाई कार्यक्षेत्र बनाई सिर्जना सेवा केन्द्र बर्गदा, कोशेली सेवाकेन्द्र बकुवा, बालकुमारी सेवाकेन्द्र शाहीपुुर, कालीगौडी सेवा केन्द्र र ठाकुरद्धारा सेवाकेन्द्रबाट संस्थाले कारोबार गर्दै आईरहेको बताईएको छ ।
अन्तराष्ट्रिय सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, जेष्ठनागरिक तिर्थघाटन, सरसफाई, उत्कृष्ट सदस्य, उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान समेत गर्ने गरेको छ ।

संस्थाले यस आ.व लागि बृक्षारोपण कार्यक्रम १ पटक, हरेक सदस्य घर एक करेसाबारी अभियान नियमित, हरेक सदस्य घर एक शौचालय अभियान नियमित, रक्तदान कार्यक्रम १ पटक, स्वास्थ्य शिविर १ पटक, जेष्ठ सदस्य सम्मान कार्यक्रम १ पटक, नव दुलही स्वागत कार्यक्रम नियमित, दिदिबहिनी क्लब गठन तथा परिचालन कार्यक्रम नियमित लगायतका कार्यक्रमहरुको योजना बनाई प्रस्ताप समेत गरेको छ ।

संस्थाका प्रत्येक सदस्यले सबै कुरा बुझेर सहकारी शिक्षाको ज्ञान हाँसिल गरुन भनेर संस्थाले शिक्षा, सुचना तथा तालिम र क्षमता अभिबृद्धि कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।
त्यसैगरी संस्थाले संचालक समितिका लागि वित्तीय साक्षरता तालिम, नेतृत्व विकास तालिम, व्यवसायिक योजना तयारी समिक्षा, सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिमहरुको प्रस्ताप पेश गरेको छ ।
शेयर सदस्यहरुको लागि वित्तीय साक्षरता शिक्षा शिविर, शिपमुलक उद्यमशीलता तालिमहरुहरुको प्रस्ताप पेश गरिएको छ ।
संस्थाले पारिवारिक राहत बिमा कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने सदस्यले एकपटकमा १००० जम्मा गर्नुपर्ने हुन्छ, जम्मा गरेको उक्त रकम सदस्यको मृत्यु पश्चात घर परिवारको व्यक्तिलाई संस्थाले रु २०००० रकम उपलब्ध गराउने गरेको छ ।
संस्थाले सदस्यको दुर्घटना बिमा कार्यक्रम अन्तर्गत सम्पूर्ण सदस्यको रु १ लाख बराबरको दुर्घटना बिमाको कार्यक्रमलाई निरन्तरता दिईएको छ र यसमा कुनै सदस्यसँग संस्थाले शुल्क लिने गरेको छैन ।
संस्थाले व्यापार कर्जा , आकस्मिक कर्जा, कृषि कर्जा, कृषि प्रवद्र्धन कर्जा, संस्कार कर्जा, कर्मचारी ल्यापटप कर्जा, महिला समुह कर्जा, वैदेशिक रोजगार कर्जा, स्वरोजगार कर्जा, हायर पर्चेज कर्जा, मोटर साईकल कर्जा, कोभिड व्यवस्थापन कर्जा, आवाश कर्जा, शिक्षा कर्जा लगायतका शिर्षकबाट संस्थाले सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको छ ।
सस्थाले सदस्यहरुको लागि नियमित मासिक बचत, क्रमिक मासिक बचत, कारोबार बचत, पटके बचत, दैनिक बचत, सिको आकस्किम बचत, शेयर लाभांश बचत, संचय कोष, बचत कर्मचारी बचत, तीर्थ बचत, माघी बचत, तिज बचत सदस्य राहत बचत, नाबालक बचत लगायतबा संस्थाका आकर्षक बचत योजनाहरु संचालनमा रहेका छन् ।
त्यसैगरी संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) द्धारा संचालित पूर्ण तथा व्यवसायिक विकास कार्यक्रम प्रोवेशन र एसियाली ऋण महासंघ( आकु) को प्राविधिक सहयोगमा हुने एक्सेस कार्यक्रममा समेत संस्था आबद्ध रहेछ ।
संस्थाले आगामी दिनहरुमा शेयरपुँजी र काराबोरलाई बृद्धि गर्ने, सदस्य संख्या बढाउने र कार्यक्षेत्र थप विस्तार गर्ने योजना समेत अगाडि सारेको छ ।

Leave a Reply