सहकारी संस्थाहरुले सदस्यहरुको विश्वास जितेर काम गर्नुपर्दछ

0 Shares

राजेन्द्र कृष्ण श्रेष्ठ-कार्यकारी प्रमुख , आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि

 

काठमाडौंको ताहाचलमा आफ्नै सुविधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यकारी प्रमुख राजेन्द्र कृष्ण श्रेष्ठले चैत्र २० गते हुन गईरहेको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालको सहकारी अभियानको विषयमा आफ्नो केहि भनाईहरु सहकारी सञ्जाल सँगको कुराकानीमा व्यक्त गर्नुभएको छ जो यस प्रकार रहेको छ ः

६५ औं रास्ट्रिय सहकारी अभियान ६५ बर्ष पुग्दैछ यो बिचमा सहकारी संस्थाले राष्ट्रको हितमा कत्तिको विकास पु-याएको छ ?

तिन खम्बा मध्ये एक सहकारी सस्थाहरूले देशको अर्थतन्त्रमा बिशेष टेवा पु-याएको छ ।

यो ६५ औ राष्ट्रिय सहकारी दिवस तपाईं कसरी मनाउदै हुनुहुन्छ ?

हामीले संस्थाका पदाधिकारीहरू र कर्मचारीहरू बिच संस्थाको बर्तमान अवस्था र आगामी नितिहरूमा बिशेष अन्तक्र्रियात्मक संम्बाद कार्यक्रम गरेर यसपालीका े६५ औ रास्ट्रिय सहकारी दिवस मनाउने कार्यक्रम रहेको छ ।

तपाई ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी संघ संस्थाहरुलाई के सल्लाह सुझाव दिन चाहनु हुन्छ ?

यस अवसरमा बिभिन्न सहकारी संघ संस्थाहरुलाई सम्पूर्ण प्रारम्भिक संस्थाहरुका समस्याहरू पहिचान गरेर समाधान निकाल्न पहल गर्ने कुरामा ढिला नगर्ने, उदाहरणका रूपमा हालसालैको सन्दर्भ ब्याजदर तोक्न ढिलाईका कारणले गर्दा हाल सम्म पनि समग्र सहकारीहरूमा तरलताको समस्या बिद्यमान नै छ, साथै सहकारीहरूका हितका तालिमहरू कम्तिमा बर्षको ४ पटकसम्म संचालन गर्ने ब्यवस्था गर्नुपर्छ ।

अहिलेसम्म तपाईले सोचेका महत्वपूर्ण कामहरु सहकारी क्षेत्रले गरेका छन् त ?

खासमा गर्न सकिएको छैन कारण बिद्यमान सहकारी ऐन कानून, नियमावली बाधक छन उदाहरणका रूपमा बहुउद्देश्यीय सहकारीहरूको उद्देश्यमा शिक्षा र स्वास्थका क्षेत्रहरूमा लगानी गर्न सक्नेछन भनी उल्लेख छ , तर शिक्षा र स्वास्थ ऐनहरूमा सहकारीहरूलाइ लगानी गर्न बाधा छ, साथै ३० प्रतिशत र ७० प्रतिशतको को प्राबधानले समस्या थप गरेको छ ।
अब नेपालको सहकारी अभियानलाई कसरी अगाडि बढाउनु पर्ला ? अहिलेको सहकारी क्षेत्रमा देखिएको आवश्यकता के हो ?
सहकारी अभियन्ताहरू एकजुट भएर सहकारी ऐन कानून, नियमावलीमा भएका बाधा अड्चनहरू हटाएर सहज रूपमा लगानी गर्ने र सहकारीमा जनताहरूको बिश्वास जित्ने वातावरण ल्याउने प्रयासहरू गर्नुपर्ने हुन्छ । अहिलेको सहकारी क्षेत्रमा सहकारी अभियन्ताहरू एकजुट भएर बिद्यमान तरलताको समस्या समाधान गर्न सिघ्र पहल गर्नु पर्ने आवश्यकता महशुस गरेको छु ।

अहिले तपाईको सहकारीको नयाँ गतिविधि के छ र आगामी योजना के छ ?

हाल हाम्रो संस्थाले ‘सदस्यहरूको स्वास्थमा संस्थाको सरोकार, यसमा सदस्यहरूको अधिकार’ को श्लोगन सहित संस्थाको आफ्नै आश्रय भवनमा बिभिन्न सुबिधाहरू सहित तथा गुणस्तरीय आश्रय हेल्थ क्लिनिक आगामी बर्षको बैशाख महिना देखि संचालन गरिने छ । आगामी योजनामा संस्थाले एक अत्याधुनिक सुबिधाहरू सहितको जेष्ठ नागरिक स्थल निर्माण गर्ने तथा शिक्षा र उद्योग क्षेत्रहरूमा पनि लगानी गर्ने लक्ष्य लिएको छ ।

अहिले सहकारी क्षेत्र पुरै राजनितिमय भएर अगाडि बढिरहेको छ यस्तो अवस्थामा भोलिको दिनमा सहकारी क्षेत्र धरासायी बन्न सक्ला नि यसमा तपाई के भन्नुहुन्छ नि ?
सहकारी क्षेत्रलाई राजनितिमय बनाएर हिडेका सहकारी अभियन्ताहरू लाई हामीहरूले नै पहिचान गरेर महासंघ तथा संघहरूमा बिभिन्न पदहरूमा बसेकाहरूलाई बस्न नसक्ने वातावरण सृजना गर्ने पहल गर्नुपर्छ । अब पनि यसो गर्न सकिएन भन्ने सहकारी क्षेत्र धरासायी हुन धैरै दिन लाग्दैन ।

अन्त्यमा तपाई सहकारी कर्मीहरुलाई के भन्न चाहनु हुन्छ ?

सहकारीकर्मीहरु अब सहकारीलाई राजनितिमय बनाउन तिर होईन सहकारी क्षेत्रलाई जनताहरूको बिश्वास जितेर , सहकारी ऐनमा उल्लेख भए अनुसार बिशिष्टकृत सहकारी खोली उत्पादनमुखी व्यवसाय तिर लाग्नु पर्छ ।

Leave a Reply