धौला श्री सहकारीको २१ औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौंको सामाखुशी टाउन प्लानिङ्गमा रहेको धौलाश्री बहुउद्देश्यीय सहकारी संस्था लि.को २१ औं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
सो कार्यक्रमको उद्घाटन सोहि संस्थाका सल्लाहकार एवं पूर्व राजदुत मोहन कृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रमको अध्यक्षता सोहि संस्थाा अध्यक्ष याम बहादुर श्रेष्ठले गर्नुभएको हो ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले समाजमा मानिसहरुको वित्तीय सेवा मार्फत जीवन स्तर उकास्न बैंक भन्दा सहकारी ठूलो योगदान पु¥याउँदै आईरहेको बताउनु भयो ।
सो बार्षिक साधारण सभाको अवसर पारेर संस्थाले उत्कृष्ट बचतकर्ता, जेष्ठ नागरिक शेयर सदस्य, शेयर सदस्यका छोराछोरीहरु मध्येबाट विभिन्न तहको परिक्षमा उत्कृट अंका हाँसिल गर्ने विद्यार्थी लगायत हरुलाई सम्मान गरेको हो ।
संस्थाको गत असार मसान्त सम्ममा संस्थाको शेयर सदस्य संख्या १ हजार १ सय ७० जना र शेयर पुँजी ३ करोड ३३ लाख ७४ हजार रुपैयाँ, बचत संकलन २६ करोड ६३ लाख ३९ हजार रुपैयाँ र कर्जा लगानी ३० करोड ६ लाख २४ हजार रुपैयाँ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी मुल्य मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको सो संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई विशेष प्राथकिमता दिँदै आईरहेको छ ।