सहकारी र मानव संशाधन, ईश्वर न्यौपाने प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक साकोस

0 Shares
सहकारी र मानव संशाधन
ईश्वर न्यौपाने
प्रमुखकार्यकारी अधिकृत
मिलिजुलीकालिञ्चोक साकोस लि. दोलखा
एक आपसको हितको लागि समान उदेश्यका व्यक्तिहरु आवद्ध संस्था नै सहकारी संस्था हो । सहकारी संस्थामा अबैतनिकवा बैतनिक रुपमाकार्य गर्ने ब्यक्तिहरुलाईमानव संशाधनको रुपमालिनुपर्ने हुन्छ। सहकारी संस्थामा शेयर सदस्यबाटचुनिएर आउने सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र परिक्षाबाटआउने कर्मचारीहरुलाई मानव संशाधनको रुपमा लिनुपर्ने देखीन्छ । सहकारी संस्थाको बिकासक्रमको आधारमा सञ्चालक समिति र कर्मचारीहरुको भूमिकाको भारमा फरकपनहुनुपर्दछ भन्ने कुरा हामीहरुले बुझ्नु पर्दछ ।
सहकारी संस्थाको कार्य सञ्चालन र कार्यविधिनिर्माणमा संलग्नताअनुपात ः
            कार्य सञ्चालनमा संलग्नता                                                 कार्यविधिनिर्माणमा सञ्चालक समितिको संलग्नता
                                    समिति                    व्यवस्थापन
पाँचौ (पुर्ण सक्षम)              ०%                          १०० %                                     १०० %
चौथो (सक्षम)                   २० %                    ८० %                                       १०० %
तेस्रो (थप केही सक्षम)       ५० %                 ५० %                                       १०० %
दोस्रो (केही सक्षम)           ८० %                  २० %                                    १०० %
पहिलो (स्थापना)              १०० %                ० %                                     १०० %
मानव संसाधन
सहकारी संस्थामाकाम गर्ने मानवसाधनलाई नै सहकारी संस्थाको मानव संसाधनभनिन्छ र यसलाई देहायकादुई भागमावर्गिकरण गरेरबुझ्न सहजहुन्छ।
क) साधारण सभाको माध्यामबाटनिर्वाचितमानव संशाधन र
ख) परिक्षाबाटछनौट भई आउने मानव संशाधन
क) साधारण सभाको माध्यामबाटनिर्वाचितमानव संसाधन ः यसप्रकारको मानव संसाधनभनेको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमितिका  सदस्यहरु र कार्यदलका सदस्यहरु पर्दछन् । सहकारी संस्था सफलहुनको लागि साधारणसभाको माध्यामबाट सहकारी सञ्चालन गर्न आउने मानव संसाधन सहकारीको विषयमाज्ञानभएको हुनु पर्दछ । सहकारीको सिद्धान्तमुल्य र मान्यता राष्ट्रियतथाअन्तर्राष्ट्रियअसलअभ्यासको विषयमाजानकार हुनु पर्दछ । राज्यमाप्रचलीत सहकारीसँग सम्वन्धीत ऐन कानुनको ज्ञानभएको व्यक्तिहुनु पर्दछ । सहकारी संस्थालाई सक्षम रुपमाहाँक्न सक्ने हुनु पर्दछ । यदि सहकारी संस्थाका शेयर सदस्यहरुमायस्तो ज्ञानको अभाव छ भने भविश्यमा संस्थाको नेतृत्व गर्न ईच्छुकशेयरसदस्यहरुलाई सहकारी संस्थाले तालीमको व्यवस्था गर्नु पर्दछ ।आई.सि.ए. ब्लुप्रीन्टमापनिभावि नेतालाई तालीमको व्यवस्था गर्नुपर्ने कुरा उल्लेख गरीएको छ । सोहीअनुसार भावी नेतालाई तालीमको व्यवस्थापन गर्नु सहकारी संस्थाको दायित्वहुन्छ । सहकारीको सिद्धान्तमुल्यमान्यताराष्ट्रियतथाअन्तर्राष्ट्रियअसलअभ्यासको बारेमाज्ञाननभएको व्यक्तिसहकारी संस्थाको सञ्चालकहुनु भनेको सहकारी संस्थालाई असफलबनाउनु जस्तै हो । त्यसैले सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई तालीमदिएर सहकारीको बारेमाज्ञान बृद्धि गराउनु पर्दछ । सहकारी संस्थामा साधारणसभाको माध्यामबाटआउने मानव संसाधनको मुख्यकामभनेको कार्यविधिनिर्माण गर्नुहो । सहकारी संस्थामा राज्यमाप्रचलीत सहकारी सँग सम्वन्धीत ऐन कानुन, सहकारी संस्थाको विनियम, नीति, नियमावली, कार्यविधि, सञ्चालक समितिको बैठकको निर्णय अनुसार कामभएको छ वा छैन निरिक्षण गर्नु र नभएको भएमाकिननभएको हो सो कुरा पत्तालगाई चुस्त र दुरुस्त काम गराउनु सहकारी संस्थाको सञ्चालकको मुख्यजिम्मेवारी हो । यसरी कामभएको छ वा छैन भनेर थाहापाउनको लागि सहकारी संस्थाको सञ्चालकमा सहकारी संस्था सँग सम्वन्धीत ऐन, नियम, संस्थाको विनियम, विभिन्ननीतिहरु, कार्यविधिहरु, बैठकको निर्णयहरु बारे ज्ञानहुनु अन्यन्तआवश्यकता छ । यदिउक्त कुराको ज्ञानभएनभने गाडिचलाउननजान्ने मान्छेले गाडिचलाउदा के हालतहुन्छ सहकारी संस्थाको पनि सोहीहालतहुन्छ ।यदिभुलवस ज्ञाननभएको शेयर सदस्य संस्थाको सञ्चालक समितिमाआईहाल्नु भएमाआवश्यकज्ञानतुरुन्तलिनु पर्दछ । यदिउक्तज्ञानहरु लिन समय र चासो नभएमाआफुले पद छाडीज्ञानभएको शेयर सदस्यलाई ठाँउखाली गरीदिनु पर्दछ ।
सहकारी संस्थाका यस प्रकारको मानव संसाधनमागोपनियताको कुराको खुबध्यानदिनु पर्ने हुन्छ । सञ्चालकको बैठकमाकुनै निर्णय गरीन्छजुननिर्णय कार्यान्वयनभईसकेपछिमात्रबाहिर लानु पर्ने हुन्छवा सम्वन्धीतनिकायमामात्र पेस गर्नु पर्ने हुन्छयस्तानिर्णयहरुको गोपनियताको धरै ध्यानदिनु पर्ने हुन्छ । कुनै निर्णय कार्यरुप नदिई बाहीर लगेको अवस्थामाप्रतिस्पर्धि संस्थाले उक्त कुरा लागु गरीहाल्छन् तर निर्णय गर्ने संस्था हेरेको हेरै पर्छ र प्रतिस्पर्धि संस्थाले आफ्नो फड्को पर पु¥याउछ। सहकारी संस्थाका यस प्रकारको मानवसंसाधनहरुमाचियागफमा संस्थाकानिर्णयहरु बाहीर लाने यदाकदाप्रचलनमा रहेको पाईन्छ । कुनै कुनै यस प्रकारको मानवसंसाधनको बानी मैलेत भनेको यस्तो निर्णय गर्नु हुदैन भनेर मानेनन् मलाई एक्लै पारे भन्दै हिड्ने हुन्छ । यस्तै गरी संस्थाको माथिल्लो पदकाले यस्तै प्रस्तावल्याए मैलेत बोल्न सकिन के गर्नु भन्दै बाहीर बाहीर कुरा गर्दै हिड्ने बानीहुन्छ । यसो गर्नु भनेको सहकारी संस्थालाई असफलबनाउनु हो । यदिआफ्नो कुरा पारीत भएनभने बैठकमा नोट अफडिसेन्ट लेख्नु पर्छ । यदि नोट अफडिसेन्ट लेखेपनिबहुमतले गरेको निर्णय मान्नै पर्ने हुन्छ र उक्तनिर्णयहरु कार्यान्वयन गर्नको लागि सहयोग गर्नुपर्दछ । यस्तो गोपनियताको ख्याल नराख्ने मानव संसाधनभनेको सहकारी संस्थाको लागिघातकहुन्छ र संस्थालाई धरासाई बनाउछन् । संस्थालाई धरासाई बनाउने मानव संसाधनजति धेरै संस्थाको पदमाआसिनहुन्छन् संस्थात्यतिनैवढी धरासाई हुदै जान्छ त्यसैले यस्तो मानव संसाधनलाई संस्थाको सञ्चालक समितिको आचारसंहीता, सुसासनकार्यविधिलगाएतअन्यकार्यविधिअनुसार सहि व्यवस्थापन गर्नु पर्ने हुन्छ ।
ख) परिक्षाबाटछनौट भइआउनेमानव संसाधन ः यसप्रकारको मानव संसाधनभनेको कर्मचरीहरु हुन् ।यस प्रकारको मानव संसाधन सहकारी संस्थाको कर्मचारी प्रशासननियमावलीमाउल्लेखितप्रक्रिया पुरा गरेर नियूक्ति गर्नु पर्ने हुन्छ । यस प्रकारको मानव संसाधनको व्यवस्थापन गर्नको लागि सहकारी संस्थाले मानव संसाधनव्यवस्थापनको बारेमाजानकारी लिनु पर्ने हुन्छ ।
मानव संशाधनव्यवस्थापन
संस्थामाकार्यरत कर्मचारीहरु कति संख्यामाछन् ?भएकाकर्मचारीहरुको योग्यताकुनकुनतहको छ ?उनिहरुको क्षमताकस्तो छ ? संस्थालाईआवश्यकक्षमताअनुसार उनिहरुको क्षमता मेल खान्छवाखाँदैन ?यदिक्षमताकमभएकाकर्मचारीलाई तालीमको व्यवस्था गरेपछिउनिहरुको क्षमताविकास हुन्छवाहुदैन ?यदिहुदैन भने पुरानाकर्मचारीहरुलाई कुनतरिकाले व्यवस्थापन गर्ने ?नयाँकर्मचारीहरु कतिआवश्यकता परेको हो ?आवश्यककर्मचारी कुनकुन योग्यताको कतिकतिआवश्यक परेको हो ?भविश्यमा संस्थाको कामगर्दै जाँदाकुनकुनक्षमताको कर्मचारी कतिकतिआवश्यकता पर्दछ ? संस्थामाभएकाकर्मचारीहरुको अधिकतमक्षमताप्रयोग गरी कसरी लक्ष्यउन्मुखकार्य सम्पादन गर्न सकिन्छ? यि आदी कुराहरुको सुस्म अध्ययनविश्लेषण गरी संस्थालाई भविश्यमाकुनै पनि असर नपर्ने गरी हाम्रो हैन राम्रो कर्मचारीको योजनाबनाउने, तीनिहरुको छनौट गर्ने, दक्षतातथा योग्यताअभिबृद्धि गर्ने, उत्प्रेरणादिने र समय सापेक्ष कर्मचारीकाव्यक्तिगत उदेश्यलाई संस्थाको उदेश्य सँग मिलान गरी वढीभन्दावढीउत्पादनसिलबनाउने कार्य हो । यस भित्रप्राप्ति, विकास, उपयोग र सम्भार पर्दछ ।
सहकारी संस्थामाउपयुक्तमानव संसाधनव्यवस्थापन गर्न सकिएको खण्डमामात्र सहकारी संस्थाको उदेश्य प्राप्ती, संरचनाको संभार, लक्ष्यमिलान, सुधार, परिवर्तन व्यवस्थापन र सभ्यसहकारी संस्थाको विकास गर्न सकिन्छ ।असलमानव संसाधनव्यवस्थापन गर्न सकेको खण्डमा संस्थाको उपजको रुपमाकार्य जीवनको गुणमा बृद्धि, उत्पादकत्वमा बृद्धि, परिवर्तनको लागितयार, प्रतिवद्धकर्मचारी, उच्चमनोवलतथा संस्थागत नैतिकतामा बृद्धि, लागतप्रभावकारीता, मुनाफामा बृद्धि, संस्थागतख्याती, संस्थागत संस्कृति र राष्ट्रियविकासमा समेत टेवापुग्दछ ।हालहाम्रो देशको सहकारी क्षेत्रमामानव संसाधनव्यवस्थापनको अवरोधको रुपमा राजनैतिक ध्रुविकरण, समय,कार्य तथाजिम्मेवारीप्रतिन्यून सम्वेदनसिलता, बेरोजगारीको कारणजुनसुकै शैक्षिक योग्यता र संकाएको मानिस जुनसुकै पदमाकार्यगर्न तत्पर हुनु, कार्यमुल्यांकनप्रणालीअव्यवहारीक, मानव संसाधन योजनालाई  बेवास्ता, सहभागितामुलकव्यवस्थापनको अभाव, सञ्चालकहरुले अख्तियार प्रत्यायोजन गर्दा आफु निरिह हुन्छु भन्ने सोच, कर्मचारी प्रशासनलाई मानव संसाधनव्यवस्थापनठान्नु, राम्रो मान्छे भन्दाआफ्नु मान्छे लाई प्राथमिकतादिनु, संगठनात्मक संरचनामाचल्नहिचकिचाउनु आदि कुराहरु रहेका छन् ।
सहकारी संस्थाहरुमाव्यवस्थितमानव संसाधनव्यवस्थापनको अझै प्रभावकारी उपयोग गर्न सकिएको छैन । सदस्य संख्याको बृद्धि र प्रविधिमाभएको परिवर्तन सँगै नयाँकार्यहरु सृजनाहुने र कार्यविश्लेषणविनाकर्मचारी भर्ना गरिनाले कर्मचारी कुशलता बृद्धिमाअभाव रहेको देखिन्छ । सहकारी संस्थाहरुमाकर्मचारी भर्ना तथाछनौटको बैज्ञानीकनीति र विधिनभएको कारणएउटै नामबोलीने पदमाकर्मचारीहरुको योग्यता र  क्षमतामाविविधताहुनेकारणले गर्दा उनिहरुको आर्थिक उत्प्रेरणाको तत्वहरु विविधतापाईन्छ ।
मानव संसाधनव्यवस्थापनभित्रकार्य ढाँचा (Job Designपनि एकमहत्वपुर्ण कुरा हो । कार्यढाँचाभनेको कार्यको उदेश्य प्रस्टयाउनत्यसमा समावेस हुने कार्य विवरण, कामहरुको सम्वन्धतथातीकामकालागिआवश्यक योग्यताको खाकातयार पार्नु हो । सहकारी संस्थाभित्रभएकोविभिन्नकामहरुको विवरणलाई कार्य विवरण(Job Description)  भनिन्छ । उक्तकार्यविवरणको प्रकृतिअनुसार कर्मचारीलाई उक्तकार्य समुहको कामजिम्मालगाईन्छ । सहकारी संस्थामाकामको मात्राबढ्दै गएको खण्डमानयाँकर्मचारी थप गर्नुको सट्टामाकार्य विस्तृतीकरण गरेर पनिकार्य सम्पादन गराउन सकिन्छ यसरी कार्यविस्तृतीकरणगर्दा नयाँकर्मचारी ल्याई तालीमदिने लगायतकाक्षमताअभिबृद्धि गराउने खर्च कटौतीहुन्छ र कार्य सम्पादनगर्दा विग्रने र सामाग्रीक्षतीहुने सम्भावनाकमहुन्छ । यसरी कार्य विस्तृतीकरणगर्दा मानव संसाधनको खटाई बढीहुने हुनाले मानव संसाधनलाई थपपारीश्रमिकको व्यवस्था गर्नुपर्ने हुन्छ । सहकारी संस्थामाकार्यरत कर्मचारीहरुको कार्य विशलेषणगर्नु पर्ने हुन्छ । कार्य विश्लेषणभन्नाले कुनै निश्चीतकार्य गर्नको लागिकस्तो उपायअपनाउने र त्यसकालागिकस्तो सिप, गुणतथाविशेषताआवश्यकहुन्छ र आफु सँग त्यस्ताकर्मचारीउपलव्धछन् वा छैनने भन्ने कुराको समष्टिगतअध्ययनहो । सहकारी संस्थाको उदेश्य पुर्तिको लागि संस्थाले विभिन्नकार्यहरु सञ्चालन गरेको हुन्छ । यस्ताविभिन्नकार्यहरुको औपचारीक रुपमाविस्तृत अध्ययन गर्नु नै कार्य विश्लेशणहो । यस्तो कार्य विश्लेषण गर्ने कार्य सहकारी संस्थाको प्रमुखकार्यकारी अधिकृत र सञ्चालक समितिले मिलेर गर्नु पर्दछ ।कार्य विश्लेषणको सहायताबाट सहकारी संस्थाको उदेश्य पुरा गर्न सकिन्छ र कार्य अनुरुप योग्यमानव संसाधनको व्यवस्थागर्न सकिने हुन्छ ।
आउदो दिनहरुमा सहकारी संस्थाहरुले कार्य विशिष्टविवरणJob Specification लाई प्रयोग गर्नै पर्ने देखिन्छ ।कर्मचारीमाहुनुपर्ने न्यूनतम सीप र विशेषताउल्लेख भएको विवरणलाई कार्यविशिष्टविवरणभनिन्छ । यसमा सक्षमताका साथकार्यसम्पादन गर्नका लागिकर्मचारीमाहुनुपर्ने सीप र योग्यता सम्वन्धीजानकारीहरु व्यवस्थिततरिकाले उल्लेख गरिएको हुन्छ । कुनै पदमाभर्ना हुनकालागिव्यक्तिमाहुनुपर्ने निपुर्णता, शैक्षिक योग्यता, अनुभव, शिक्षा, शारीरिक बनोट, अभिरुचिआदिसम्वन्धीमापदण्डहरु यसमा देखाईएको हुन्छ । यीविशेषताहरुको आधारमा संगठनमामानव संसाधनभर्ना तथाछनोट प्रक्रिया सञ्चालनगरिन्छ । कार्यविशिष्टविवरणमा पद, तह, शिक्षा, तालिम, अनुभव, ज्ञान, क्षमता, सीप, कौशल, वान्छनियगुण,शारीरिक स्वास्थ्य,विपरीत संकेत आदि कुराको समावेस गरिन्छ । सहकारी संस्थाहरुमाकार्यमूल्यांकनपद्धतिलाई अझ प्रभावकारी बनाउनु पर्ने देखिन्छ । सहकारी संस्थाको लक्ष्यप्राप्तिमाकुनै खास पदको के कतिभूमिका रहेको छ र यसले कति योगदानप्रदानगर्दछ भन्ने बारे कार्यमूल्यांकनले लेखाजोखागर्दछ । सहकारी संस्थामाउचिततलव र ज्याला दर निर्धारण गर्नका लागिकार्यमूल्यांकन गर्नुपर्दछ । सहकारी संस्थाले कार्यमूल्यांकन गर्नको लागितुलनाविधि, कार्य विभाजन र तहनिर्धारणविधि, परम्परागत परिमाणात्मकप्रविधि, समयावधि र क्षमताविधि, निर्णय समुह, मार्गदर्शन चार्ट विधि, समस्या समाधानको क्षतिपूर्ति विधिमध्ये कुनै एक विधिप्रयोग गर्न सक्दछ । सहकारी संस्थाहरुमामार्गदर्शन चार्ट विवितथा समस्या समाधानको क्षतिपूर्ति विधिलाई तत्कालबाटै प्रयोग गर्नु पर्ने देखिन्छ । यस विधिहरुबाटकार्य मूल्यांकन गरेमाउत्तरदायित्व, ज्ञान, समस्या समाधान गर्ने सिपआदिलाई आधार लिईन्छ र सोको आधारमाकर्मचारीहरुको सहि मुल्यांकनहुन सक्दछ । सहकारी संस्थाहरुमा सञ्चालककाआफ्ना मान्छे कर्मचारीमानियूक्ति गर्ने अनीकार्य मुल्यांकनगर्दा नातावादप्रयोग गर्ने चलनकताकतीप्रतक्षवाअप्रतक्ष रुपमा देखिन्छ । यस्तो भयो भने भविश्यमा सहकारी संस्थाहरु धराममा पर्ने देखिन्छ त्यसैले यस विषयमासंस्थाका शेयर सदस्य र सहकारीकर्मिहरु सजग रहनु पर्ने देखिन्छ ।
सहकारी संस्थालाई दिगो र भरपर्दो हिसावले सञ्चलान गर्ने हो भने सहकारी संस्थाको प्रमुखकार्यकारी अधिकृतलेमानव संसाधन योजनानिर्माण गर्नु पर्ने हुन्छ ।मानव संसाधन योजनायउटाविधिहो जसबाटभविष्यको लागिआवश्यकमूल्यांकनगरि संस्थाको रणनीति पुरा गर्ने जनसाधनको प्राप्त गर्ने प्रयास गरिएको हुन्छ । सहकारी संस्थामामानव संसाधन योजना र रणनीतिक योजनाविच सम्वन्ध रहेको हुन्छ । यदिमानव संसाधन योजना सफलभएनभने सहकारी संस्थाको रणनीतिक योजना नै असफलहुन्छ ।मानव संसाधन योजनानिर्माणगरीसके पछि संस्थालाई कर्मचारी आवश्यक परेको देखिएमाकर्मचारी छान्दाछनोट परिक्षण राम्रो सँग गर्नु पर्दछ । छनोट परिक्षणगर्दा लिखित परीक्षण, व्यवहारीक परिक्षण, बुद्धिमत्ता परीक्षण, समस्या समाधान सम्वन्धी परीक्षण, कार्यसम्पादन परीक्षण, व्यक्तित्वअभिरुचि र प्राथमिकता परीक्षण, अभिबृत्ति परीक्षण गर्नु पर्ने हुन्छ । सहकारी संस्थाहरुमायस्तो परीक्षणनगरी सञ्चालक समितिको आफ्नो मान्छे राख्ने गरीएको पाईन्छ । यसरी राखिएको सहकारी संस्थाको कर्मचारी केवल संख्यागन्नमामात्रथपअंकपाईन्छ ।नयाँकर्मचारीहरुलाई सहकारी संस्थाको उदेश्य, कार्यक्षेत्र, ईतिहास, कार्यविधि, नियमकानून, कार्य आदिकाबारेमाजानकारी गराई नयाँ र पुरानो कर्मचारीहरु विचअभिमूखिकरण गराउनु पर्दछ । सहकारी संस्थामाकार्यरत मानव संसाधनलाई विकासको वातावरणनिर्माण गरीदिनु सहकारी संस्थाका सञ्चालकहरुको जिम्मेवारी हुन्छ ।वास्तबमा सहकारी संस्थामामानव संसाधनविकास के कारणले गर्दा आवश्यक पर्दछ भन्ने कुरानै स्पस्टभएजस्तो पाईदैन । संस्थामावर्तमानअवस्थामाभएकाकर्मचारीहरु र नयाँआउने कर्मचारीहरुलाई काम सँग सम्वन्धीततालीमको आवश्यकता पर्दछ । यसरी कर्मचारीहरुलाई तालीमदिनको लागि सहकारी संस्थाहरुले वार्षिक वजेटमा नै कर्मचारी तालीमतथा बृत्ती र विकासभनेर बजेटमा रकमविनियोजन गर्नु पर्ने हुन्छ ।सहकारी संस्थाहरुले व्यवस्थापनको विकासको बारेमागहन सोच राखीअगाडिबढ्नु पर्ने टट्कारो आवश्यकता देखिएको छ । व्यवस्थापनविकासले व्यवस्थापकीयकर्मचारीहरुको व्यवस्थितज्ञान, दृष्टिकोण, आधारभूतदक्षता, अन्तरवैयक्तिकदक्षतातथाप्रविधिगत सीपको विकास गर्दछ ।व्यवस्थापनविकासले व्यवस्थापकियकार्य सम्पादनलाई ज्ञान, परिवर्तित दृष्टिकोण र सीप बृद्धिको माध्यामबाट सुधार गर्दछ ।कार्यस्थलमा र कार्यस्थलबाहिर व्यवस्थापनविकास गर्न सकिन्छ । कार्यस्थलविकास विधिभित्रसिकाउने, कार्य परिक्रमा, ओहोदा जिम्मेवारी, बहु व्यवस्थापनकार्यक्रम, विशेष आयोजना, समितिजिम्मेवारी आदि पर्दछन् भने कार्यस्थलबाहीर व्यवस्थापनविकासमाअध्यापनतथा सेमिनार, मामलाअध्ययन, भूमिकानिर्वाह, कम्प्यूटर मोडेलिङ्ग, संवेदनशीलतातालिम, व्यवहारगतविश्लेषण, निर्णय खेल, ब्रेन स्ट्रोमिङ्ग, कार्यशाला, बैठकमाअन्तकृया आदी पर्दछन् ।
सहकारी संस्थामाकार्यरत कर्मचारीहरुको उन्नतिको योजनाहुनु पर्दछ । कर्मचारीले आफ्नो कार्यजिवनभरमा कसरी उन्नतीगर्दै अगाडिवढ्ने भन्ने वारेमागर्ने निर्णय र त्यसानुसारको प्रयासको संयुक्त रुपनै उन्नती योजना(Career Planning)  हो ।सहकारी संस्थामाकामगर्ने कर्मचारीमाउन्नतीलक्ष्यहुनुपर्दछ भने उन्नतीपथको व्यवस्था सहकारी संस्थाको सञ्चालक समितिले गर्नु पर्दछ । सहकारी संस्थामाकार्यसम्पादनमुल्यांकनको प्रयोग गरी पारिश्रमिकनिर्धारण, पुरस्कार व्यवस्थापन, तालिमतथाविकास, दण्ड सजाय, कार्य सुधार, उत्तराधिकारी योजना, सुपरिवेक्षण, बृत्तिविकास, पदोन्नति स्थानान्तरण र अवकाश, उत्प्रेरणा, छनोटको मान्यता, नीतिनिर्धारण गर्नु पर्ने टट्कारो आवश्यकता छ । सहकारी संस्थाहरुमाकर्मचारी क्षतिपूर्ति संस्थापन गर्ने विधि स्थापीत गर्नु पर्ने जरुरी आवश्यकता देखीएको छ । सहकारी संस्थामाक्षतिपूर्ति स्थापन गर्नको लागिकार्य विश्लेषणअन्तर्गत कार्यविवरण, कार्यविशिष्टविवरण, कार्यमुल्यांकनअन्तर्गत कार्य श्रेणीविधि, कार्य तहविधि, तत्वतुलनाविधि, अंकविधि, क्षतिपूर्ति सर्वेक्षणविधि, कार्य मूल्यनिर्धारणअन्तर्गत पदको बजार मूल्य, पदको योगदान, आवश्यकसिपस्तर, श्रमिक संघको दवावकानुनिवातावरणआदिविधिअपनाउनु पर्ने देखिन्छ । सहकारी संस्थाहरु खोल्नको लागित्यती धेरै कठीननभएको कारणबाट धेरै सहकारी संस्थाहरु खोलीदै गए । सहकारी संस्था सञ्चालन गर्नको लागिकर्मचारी नियूक्तिदिनै प¥यो । यसरी धेरै सहकारी खोल्नु र सहकारीनै पिच्छे कर्मचारी भर्ना गर्दै जाँदाकर्मचारी खर्च थेग्न गाह्रो हुने हुना सहकारी संस्थाहरुमाश्रम ऐन अनुसार पनिपारीश्रमीकनदिएको पाईन्छ ।यदाकदा त आफ्नो परीवारको सदस्यलाई जागिर खुवाउन सहकारी संस्थाखोल्ने वाखोल्न उत्प्रेरीत गर्ने कार्यगरेको समेत पाईन्छ । यसरी सहकारी संस्थाखोल्दावाखोल्न लगाउदा संस्थाको आर्थिक क्षमताकमजोर हुदाकर्मचारीहरुलाई उचितपारीश्रमिकदिन सक्षमहुदैन ।यस्तो कार्य लाई रोक्नको लागिक्षमताविश्लेषण गरी कमजोर सहकारी संस्थाहरु बलीयो सहकारी संस्थामागएर गाभिनुनितान्तआवश्यकछ ।
सहकारी संस्थामाकार्यरत कर्मचारीहरुलाई उत्प्रेरणाको त्यतिकै आवश्यकता पर्दछ । सहकारी संस्थाका सञ्चालकहरुलाई बाह्यएवं आन्तरिक, सकरात्मकएवं नकरात्मक र व्यक्तिगतएवं सामूहिकउत्प्रेरणाको वारेमाज्ञानहुनु अनिवार्य छ ।जुन सहकारी संस्थाका सञ्चालकहरुलाई यस विषयमाज्ञानहुन्छ त्यस संस्थामामात्रकर्मचारहिरुलाई उत्प्रेरीत गरी लक्ष्यउन्मुखकार्य गर्न सकिन्छ । उत्प्रेरीत कर्मचारीहरुमाउत्पादकत्व बृद्धि, सृजनसिलता, व्यवहार बुझ्ने, सकरात्मकधारणा, असल सम्वन्ध, अनुशासन, जोखिमन्यूनिकरवण, ईमान्दारीता, अनुपस्थितिमाकमी, निरासाकमी, परिवर्तनकालागितत्परताजस्ता सकरात्मकगुणहरु पाउन सकिन्छ । सहकारी संस्थामाकार्यरत मानव संसाधनमा निराशाआउनुका कारणहरुमाअपर्याप्त पारिश्रमिक, अहम् समस्या, सञ्चारको अभाव, सीमित साधन, सहभागिताको अभाव, स्वायत्तताको अभाव, लक्ष्यप्राप्तिमावाधा, अधिकप्रतिस्पर्धा, अधिकउत्प्रेरणा, सामाजिकीकरणको अभाव, असलकार्यवातावरणको अभाव, समन्वयको अभावआदीहुन सक्दछन् । यस्ता निराशानियन्त्रण गर्नको लागिउत्प्रेरणा, सहानुभूति, सरसल्लाह, प्रभावकारी नेतृत्व, सामाजिकीकरण, तालीमतथाविकास, असलकार्यवातावरणको सिर्जना, प्रभावकारी सञ्चार तथा समन्वय, पर्याप्त कार्य स्वायत्तता, पर्याप्त पारिश्रमिकतथा सुविधा सहुलियत, कर्मचारी उजुरी तथा समस्याको तत्काल समाधान, व्यवस्थापनको निरपेक्ष र न्यायोचितव्यवहार, निर्णय प्रक्रियामाप्रतक्षवाअप्रतक्ष रुपमाकर्मचारी सहभागिताविधिको प्रयोग गर्नुपर्ने हुन्छ । सहकारी संस्थामाकार्यरत कर्मचारीहरु सन्तुष्टभएमामात्र सहकारी संस्थाको लक्ष्यप्राप्त गर्न सहजहुन्छ । कर्मचारीहरु सन्तुष्टहुनको लागिउचितपारिश्रमिक, राम्रो कार्य वातावरण, असलमानविय सम्वन्ध, सफल नेतृत्व, असलउत्प्रेरणा, दोहोरो सञ्चार, असल समस्या समाधानविधि, सञ्चालकतथाकर्मचारीको सकरात्मकधारणा, अभिरुचिविश्लेषण, कर्मचारीको योग्यताअनुसारको जिम्मेवारी, क्षमताअनुसार अख्तियार प्रत्यायोजन, जागिरको स्थायित्व, सहकारी संस्थाको मानव संसाधननीति, अनुशासनव्यवस्थापन, कर्मचारीहरुको सहजआर्थिक अवस्था, असलपारीवारीक पृष्ठभूमिआदि कुराको आवश्यकता पर्दछ ।
सहकारी संस्थाको सञ्चालक समितिले अर्को ध्यानदिनु पर्ने पक्षभनेको श्रम सम्बन्धपनिहो । सहकारी संस्थामाश्रम सम्बन्ध राम्रो भएनभने सहकारी संस्थाले आफ्नो उदेश्य पुरा गर्नको लागिकठीनाई पर्दछ ।सहकारी संस्थामाश्रमविवाद सकेसम्म आउनदिनु हुदैन । श्रमविवादआउनुको कारणमाकमपारिश्रमिक, कर्मचारी निश्कासन, कमबोनस, महङ्गीभत्ताको व्यवस्थानभएको अवस्था, कमजोर कार्यवातावरणतथावढीकार्यखटाई, आधुनिकीकरण र यन्त्रको व्यवहार, अनुशासनहिनता र हिंसा, कमजोर नेतृत्व, पक्षपातपुर्ण व्यवहार, राजनैतिक नेतृत्व, निरासा निराकरणनगर्ने आदि कारणहुन सक्दछन् । यस्तो विषयमा सहकारी संस्थाको सञ्चालक समिति र व्यवस्थापक सचेत हुनुपर्ने हुन्छ । श्रम विवादहटाउनको लागिमाथिउल्लेखित समस्याहरु यथासिघ्र समाधान गर्नुपर्ने हुन्छ । यस्ता समस्याहटाउनको लागिपर्याप्त पारिश्रमिक, उचितबोनस को व्यवस्था, उपयुक्तकार्यवातावरण, कडाआचारसंहिता, नियमविनियमको प्रभावकारी कार्यान्वयन, व्यवस्थापनमा सहभागिता, प्रभावकारी नेतृत्व, राजनैतिकप्रभावबाटमुक्त, सहानुभुतिपुर्ण व्यवहार र असल अनुसासनको आवश्यकता पर्दछ । सहकारी संस्था सफलबनाउनको लागिअनुशासनव्यवस्थापन गर्नुपनी एक महत्वपूर्ण तत्वहो । जुन सहकारी संस्थामाअनुशासनव्यवस्थापनभएको हुन्छत्यहाँकर्मचारीहरुले राम्रो सँग कार्य गर्दछन् र सहकारी संस्था सफलहुदै जान्छ । सहकारी संस्थामाविभिन्नप्रकारका अनुशासन सम्वन्धी समस्याहरु हुन्छन् तिनीहरुको पहिचान गर्न नसकिएको खण्डमा सहकारी संस्थाको व्यवस्थापकअर्थात् प्रमुखकार्यकारी अधिकृत असफलहुन्छ । सहकारी संस्थामाअनुशासन सम्वन्धी समस्यामध्ये हाजिरी सम्बन्धी समस्यापनि एक हो । यस भित्रकाममाढिलाआउने, स्वीकृत नलिई गएलहुने, आज्ञानलीई चाँडै कामबाट फर्कने, बिदाको दुरुपायोग गर्ने, खाजाखाने समयमाचाहिने भन्दावढी समय लगाउने, नगएको दिनको पनिहाजीर गर्ने, संस्थाको काम देखाएर घर गएर बस्ने आदि पर्दछन् ।अनुशासन सम्बन्धी दोस्रो समस्याको रुपमाकाममाव्यवहार हो यसभित्रआदेशको पालनानगर्ने, सुरक्षानियमतथा सुरक्षाउपायको प्रयोग नगर्ने, काममाध्याननदिने, कार्यालयमा रक्सि खाने वाखाएर आउने, कार्यस्थलमै सुत्ने वाहाई हाई गर्दै बस्ने, तास जुवा खेल्ने, व्यवस्थापनलाई धम्क्याउने, सहकर्मीसँग बाझ्ने वाझगडा गर्ने, लागू औषधप्रयोग गर्ने वाप्रयोग गर्न उक्साउने, संगठनको सम्पत्तीमाहानीहुने कार्य गर्ने, अवैध हतियार तथावस्तु बोकेर काममाआउने जस्ता कुराहरु पर्दछन् ।अनुशासन सम्बन्धी तेस्रो समस्याभनेको बेईमानी सम्वन्धी समस्याहो । यस भित्र दरखास्तफारममाझुठो विवरणदिने, संस्थाको सम्पत्ति चोरी गर्ने अथवा अरु मार्फत् गराउने, संस्थालाई गम्भिर आघातपुग्ने षड्यन्त्र गर्ने, संस्थाको गोप्यताअरुलाई बेच्ने, बारम्बार जानिजानिकामबिगार्ने, सेवाप्रवाहलाईगुणस्तरहीनबनाएर बिगार्ने, आफ्नै संगठनविरुद्धतथानामभनिहिड्ने, कुनै अर्कै कर्मचारीको विरोधमाहाकिमको कानभर्ने बेईमानी सम्वन्धी समस्याहो । त्यस्तै गरी बाहीरी कृयाकलाप सम्वन्धी समस्याअनुशासन सम्वन्धी चौथो समस्याहो । यस अन्तर्गत अबैध रुपमाहड्ताल गर्ने वाउक्साउने, प्रतिस्पर्धि संस्थाको लागिकामगर्ने, बाहिरी अपराध गर्ने, संगठनलाई विगार्नेभाषण गर्ने, सामानखरिद गरे वापतआूर्तिकर्तासँग गोप्य रुपमाकमिसनलिने, बिग्रेका सामानअफिसमानबुझाई घर लाने जस्ता कुराहरु पर्दछन् ।यस्ताअनुशासनभंगहुने कार्य गर्नेलाई सहकारी संस्थाले कारवाही गर्न सकेन भने दिनप्रतिदिनत्यस्तामानव संसाधनको बाहुल्यताहुनगई सहकारी संस्था धरासाई हुन्छ । त्यसैले यस्ता कृयाकलाप गर्ने लाई मौखिक चेतावनिदिने, लिखित चेतावनीदिने, तलवकट्टा गर्ने, निलम्बन गर्ने, घटुवा गर्ने र अन्त्यमाबर्खास्त गर्ने जस्ता कारवाही गरीहाल्नु पर्ने हुन्छ । सहकारी संस्थालाई सहज रुपमा सञ्चालन गर्नको लागिकर्मचारीहरुको गुनासो सुन्ने व्यवस्थाहुनुपर्दछ । अन्यकर्मचारीको हकमाव्यवस्थापक र व्यवस्थापकको हकमा सञ्चालक समितिले गुनासो सुन्ने व्यवस्थाहुनु पर्दछ ।कर्मचारी गुनासाको कारणहरु के के हुन सक्दछन् भनि सहकारी संस्थाको प्रमुखकार्यकारी अधिकृत, प्रशासनप्रमुख र सञ्चालक समितिले स्पस्टबुझेको हुनुपर्दछ । सहकारी संस्थामागुनासाआउनुमाक्षतिपूर्तिमाअसन्तुष्टि, पक्षपातपूर्ण व्यवस्थापन, खराव सञ्चार, फरक अर्थ, अपर्याप्त सुविधा, खराव कार्यवातावरण, कमजोर नेतृत्व, व्यक्तित्वद्धन्द्धआदि कारणहरु हुन सक्दछन् । यस्ताकमजोर पक्षहरु हटाउनको लागि सहकारी संस्थाको सञ्चालक समिति र व्यवस्थापकचनाखो हुनु पर्दछ । यस प्रकारका गुनासाहरु निवारण गर्नको लागिकर्मचारीहरुलाई उच्चव्यवस्थापनमा सम्पर्क राख्नअवसर प्रदान गरीने खुलाद्धार नीति र तहगत रुपमा सपन्वय गर्ने भ¥याङ्गविधिअपनाउन सकिन्छ ।
नेपाल बचत तथाऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कन) ले सञ्चालन गरेको एक्सेस कार्यक्रमका ८६ वटा सुचकांकमध्ये कर्मचारी सन्तुष्टि सँग सम्वन्धीत१० वटा सूचकांकको ४० अंकभएको हुनाले सो पुरा गर्नको लागि एक्सेस कार्यक्रममा सहभागिभएका सहकारी संस्थाहरुले मानव संसाधनव्यवस्थापनलाई केहीध्यानदिएको देखिन्छ । नेफ्स्कुनले एक्सेस, प्रोवेसन, कर्भस् कार्यक्रमको माध्यामबाटसाकोसहरुमामानव संसाधनव्यवस्थापनको प्रभावकारी कार्यान्वयन गराउनमहत्वपुर्ण भूमिका खेलेको छर यसलाई थपब्यवस्थितबनाउदै लैजानुपर्ने देखीन्छ ।

Leave a Reply