जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न
जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न पुष १९ गते शनिबारका दिन होटल कोर्टिनेन्टल माईस्थान बिरगंजमा सम्पन्न भएको छ संस्थाका अध्यक्ष दिलिप कुमार चौरसियाको सभापतित्व एंव जिल्ला बचत तथा ऋण सहकारी संघ पर्सा बिरगंजका अध्यक्ष हरेराम प्रसाद पटेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो

साधारण सभामा अध्यक्ष चौरसियाले ०८१/०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो त्यसैगरी सभामा अतिथिहरु बिरगंज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम चौरसिया,ई.संजय यादव,विजय कुशवाह,जगत राईले शुभकामना ब्यक्त गर्नुभयो सभामा स्वागत मन्तब्य रागिनी कर्णले तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन रंजीत बर्णलाल त्यसैगरी संस्थाका बार्षिक आर्थिक प्रतिवेदन संस्थाका ब्यवस्थापक नरेश कुमार चौरसियाले गर्नुभएको हो सो सभाले उत्कृष्ट सदस्य सम्मान दिपेन्द्र राउत,विकास कुमार जैसवाल,हरि नारायण शाह कानु,विरेन्द्र शाह कलवार,विमला देवी बर्णवाल,बसन्त सिंह त्यसैगरी उत्कृष्ट कर्मचारी सम्मान रागिनी कर्ण तथा प्रमुख अतिथि द्वारा संस्थाका कर्मचारी सलोनी गुप्ता,शैलेश कुमार शहनी,रंजित वर्णलाल,राजु पण्डित,नवल प्रसाद यादवलाई सम्मान तथा पुरस्कार वितरण गरी सभा सम्पन्न गरिएको संस्थाका ब्यवस्थापक नरेश कुमार चौरसियाले जानकारी दिनुभयो
