यती साकोस , बालकुमारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको रिक्त सञ्चालक सदस्यमा नवराज पोखरेल चयन

0 Shares


ललितपुर महानगरपालिका -९ , बालकुमारीमा रहेको यती बचत तथा ऋण सहकारी संस्था लि.को ११औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष रामलाल अवालेको अध्यक्षता र ललितपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनको प्रमुख आतिथ्यतामा हिजो बालकुमारी बैङ्क्वेट ,बालकुमारीमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले बचत र ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्वका कार्य गर्दै अगाडि बढिरहेको यस यती साकोसको सबै सूचक हेर्दा यो संस्था निरन्तर प्रगतिपथमा रहेको देखिएको छ भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धन हुने गरी सहकारी ऐन संशोधनका लागि आफूले सकेको सहयोग गर्ने बताउनुभयो । त्यस सभामा विघटित संविधानसभा सदस्य रामकृष्ण चित्रकारले समाजको समृद्धीको आधार बनी रहेको सहकारीको प्रवर्द्धन हुने गरी सरकारले ऐन कानून तथा कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।
सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै त्यसै सभाका अध्यक्ष रामलाल अवालेले

ललितपुर नगर क्षेत्रमा एउटा संगठित संस्था हाम्रो यस यती बचत तथा ऋण सहकारी संस्था लि.को उद्देश्य निष्कृय रुपमा छरिएर रहेका स-साना पूँजीलाई संस्थागत रुपमा संकलन गरी कृषि , साना उद्योग , व्यापार , पसल जस्ता उत्पादनशील व्यवसायहरुको सञ्चालन एवं विकासका लागि आवश्यक पर्ने वित्तीय सेवा , उपलब्ध श्रम , सीप र पूँजीलाई अधिकतम परिचालन गरी अन्य उत्पादनमूलक रोजगारीका अवसरहरुको श्रृजना गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पु-याउन यस संस्थाका सदस्यहरुलाई सक्रिय बनाउने रहेको भन्दै यो संस्था सन्तोषजनक ढंगबाट अगाडि बढिरहेको बताउनुभयो । सो संस्थाका उपाध्यक्ष श्यामबहादुर बस्ताकोटीले स्वागत मन्तव्य र महिला उप-कमिटि सदस्य शोभा राजभण्डारी कार्कीले सञ्चालन गर्नु भएको सो संस्थामा कोषाध्यक्ष योगेन्द्र कार्कीले आर्थिक प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक प्रेमरत्न अवालेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । त्यस साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर सदस्य संख्या ४१४ , चुक्ता पूँजी रु.९३,६८,००० , निक्षेप संकलन रु.८,९३,२५,८३३/०५ र ऋण लगानी रु.८,८६,६१,४४६ रहेको उल्लेख छ ।

त्यस साधारणसभाले सोही संस्थाका सञ्चालक सदस्य मदनलाल प्रधानको असामयिक दु:खद निधनप्रति शोक प्रकट गरी रिक्त सञ्चालक सदस्य पदमा शेयर सदस्य नवराज पोखरेललाई चयन ग-यो ।
उक्त साधारणसभामा त्यस संस्थाका उत्कृष्ट बचतकर्ताहरु धनविक्रम थापा , निकी महर्जन , जानकी प्रधान , देवेन्द्रगोपाल श्रेष्ठ र प्रकाशमान सिखाकार , सो संस्थाको रु.५०,००० भन्दा बढी शेयर खरीद गरी सहयोग गर्ने शेयर सदस्यहरु विजयबहादुर श्रेष्ठ , पर्मिला श्रेष्ठ , प्रियानाथ खनाल , मनोज महेश्वर , निर्मलबहादुर कायस्थ , यती कृषि फर्म हाउस प्रा.लि. ,कविता ढकाल , कृष्णलाल महर्जन , रामकृष्ण चित्राकार , प्रेमरत्न अवाले , मंगललाल अवाले र अस्तमान महर्जन , संस्थाको शेयर पूँजी बृद्धि गर्न सहयोग गर्ने शेयर सदस्यहरु सरस्वती अवाले , हिरालक्ष्मी बस्ताकोटी र शोभा राजभण्डारी कार्कीलाई सम्मान गरिएको थियो ।

1 thought on “यती साकोस , बालकुमारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको रिक्त सञ्चालक सदस्यमा नवराज पोखरेल चयन

  1. यस सस्था को महीला कमीटीको सदस्य शोभा राजभण्डारी कार्की हुनु पर्ने मा ऋण कमीटी को सदस्य हुनगयछ सच्याउनु होला

Leave a Reply