लोकेश्वर साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १८औं बार्षिक साधारणसभा नेपाल सरकारको सहकारी नियमन प्राधिकरणबाट जारी भएको साधारण सभा संचालन सम्बन्धि निर्देशन अनुसार संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न भयो । संस्थाका जेष्ठ सदस्य रत्नमाया पुलांकीले संस्थाका बाल सदस्यहरुको बा“सुरीको धुनकासाथ पानसमा दीप प्रज्वलित गरी समुउद्घाटन भयो । कार्यक्रममा अध्यक्ष जतिले सहकारी संस्था समुदायका समस्तिगत सबै पुस्ताहरुलाई समेत्ने सामूहिक थलो भएकोले सबैको साथ सहयोगले मात्र प्रगतिको बाटोमा लम्कन सक्ने कुरा बताउनु भयो । संस्थाले स्थापनाकाल देखि नै पारदर्शी रुपमा आर्थिक क्रियाकलापहरु गर्दै आइरहेको र विभिन्न गतिविधिहरु मार्फत सदस्यहरुलाई सु–सूचित गर्दै आएको बताउनु भयो । सहकारीहरु समस्याग्रस्त हुनुमा प्रमुख कारण सहकारी संस्था समुदायमा आधारित नभइ व्यक्तिगत स्वार्थ पूर्ति गर्न अग्रसर रहनु तथा सम्बन्धित निकायबाट समयमा अनुगमन एवं नियमन नभएको कुरा औल्याउनु भयो । सहकारीमा देखिएका विभिन्न समस्याहरुका वाबजुट संस्थाले निरन्तर रुपमा सदस्यहरुको आर्थिक, सामाजिक हित एवं प्रगतिलाई मध्यनजर गर्दै वित्तिय कारोबार गर्र्दै आएकोले प्रगति सम्भव भएको बताउनु भयो ।
समाजसेवी एवं संस्थाका संस्थापक सदस्य रविन्द्र खर्बुजाले सहकारीमा अहिले भैरहेको विद्यमान विकृति र विस·गतिलाई केलाउ“दै आगामी दिनहरुमा प्रगतितर्फ उन्मुख हुन थप सजग रहनु पर्ने बताउनु भयो । भक्तपुरमा आवास योजनाको पृष्ठभूमिका बारेमा स्पष्ट पार्दै समस्या संगसंगै समाधानका उपायहरु पनि आउने धारणा राख्नुभयो । जेन.जी. आन्दोलनबाट परिवर्तन भएको वर्तमान सरकारको राजनीतिक अवस्थाबारे प्रष्ट पार्दै विभिन्न पत्रपत्रिकामा आएका लेख रचनाहरुमाथि राजनीतिक समिक्षा गर्नुभयो । सुशासनको लागि सरकारबाट मन्त्रीहरुको सम्पति विवरण सार्वजनिकरण गर्ने पहिलो दायित्व भएपनि कुनै जवाफदेहिता नभएकोले सम्पत्ति विवरण सार्वजनिकरणको लागि नैतिक दवाब दिनुपर्ने बताउनु भयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा भनपा सहकारी अनुगमन समितिका सदस्य श्यामसुन्दर मातांले देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको विकासक्रमबारे चर्चा गर्दै हाल आयोजनाको बारेमा सामाजिक संजालमा आएका गलत समाचारहरुको व्याख्यात्मक खण्डन गरी स्पष्ट पार्नु भयो । गलत अफवाह र झुठो प्रचारप्रसार प्रति आपति जनाउदै आयोजनासम्बधी विविध जानकारी तथा योजनाहरुको बारेमा बताउनु भयो । संस्थाले सरकारबाट निर्देशित निर्देशिका अनुसार साधारणसभा संचालन गरेको बताउदै साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
साधारणसभामा संस्थाका लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकांबाट बार्षिक प्रगति प्रतिवेदन र भावी नीति तथा कार्यक्रम र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले आर्थिक प्रगति प्रतिवेदन, बाह्य लेखापरीक्षककोे प्रतिवेदन तथा आ.व. २०८२÷८३ को अनुमानित बजेट प्रस्तुत गरी सभाबाट पारित गरिएको थियो । साथै आ.ब. २०८१÷०८२ का असल ऋणी, असल नियमित बचतकर्ता, असल बाल बचतकर्ता र अधिक सदस्यता बृद्धि गर्न सफल सदस्यहरुलाई सम्मान गरिएको थियो । ८४।२५ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको उक्त सभामा उपाध्यक्ष प्रनेश बाटी, संचालक सदस्य गोपालकृष्ण खर्वुजा र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।
