राष्ट्रिय सहकारी बैंकद्धारा उत्कृष्ट कारोबारमा छनोट

0 Shares
स्वस्तिक सहकारी  अध्यक्ष  नरेन्द्र राना
स्वस्तिक सहकारी अध्यक्ष नरेन्द्र राना

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी बैंकको शाखा स्तरीयको रुपमा चन्द्रनिगाहपुरबाट उत्कृष्ट कारोबार गर्ने संस्थाको रुपमा छनोट भएको छ । २०६९ साल फागुन ९ गते डिभिजन सहकारी कार्यालय रौतहटमा स्थापना भई २९ जना शेयर सदस्यरुबाट बचत संकलन गरी ६० हजार शेयरपूँजीबाट कारोबार संचालन गर्दै आईहरहेको यस संस्थाले अहिले आएर १ करोडको हाराहारीमा शेयरपूँजी र ८ करोड कारोबार गर्दै आएको छ । संस्थामा आबद्ध महिला पुरुष गरी हालसम्म २६ सय भन्दा बढि सदस्यहरु आबद्ध रहेका छन् । चन्द्रनिगाहापुर नगरपालिकालाई कार्यक्षेत्र बनाएर कारोबार गर्दै आईरहेको यस संस्थाले सदस्यहरुलाई कृषि, व्यापार, शैक्षिक पशुपालन, वैदेशिक तथा घरायसी कर्जाहरुमा सर्वशुलभ रुपमा ऋण लगानी गरेको छ । सहकारी शिक्षा सम्बन्धी विभिन्न तालिम गोष्ठीहरु संचालन गर्र्दै आईरहेको यस संस्थाले बार्षिक साधारण सभाको अवसर पारेर असल कारोबारकर्ता, शेयर सदस्य, उत्कृष्ट बाल बचतकर्ता लगायतहरुलाई सम्मान गर्नुका साथै १५ प्रतिशत बोनस पनि वितरण गर्दै आईरहेको छ । अन्तराष्ट्रिय सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै आईरहेको यस संस्थाले शेयरपूँजी कारोबार र सदस्य संख्यालाई बढाउँदै लैजाने योजना बनाएको छ ।

1 thought on “राष्ट्रिय सहकारी बैंकद्धारा उत्कृष्ट कारोबारमा छनोट

Leave a Reply