लोकेश्वर साकोसमा अन्तर सदस्यीय प्रतियोगिताहरु सम्पन्न

0 Shares

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २१औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सदस्यीय कसिमला पा“य्, बाल सदस्यहरुको क्ष्लमष्खष्मगब िःगतिष्उभि न्बmभ र महिला सदस्यहरुको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको औपचारिक कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन जतिले युवाहरु खेलकुदका साथसाथै शिक्षामा आवद्ध गराउन सके सभ्य समाजको निर्माण हुने विचार व्यक्त गर्नुभयो । स्वस्थ रहन हामी कुनै न कुनै खेलमा आवद्ध हुनु पर्ने बताउदैं दैनिक जिवनमा खेलको महत्वका बारेमा स्पष्ट पार्नुभयो । सहकारी संस्थाहरुले सदस्यहरुलाई वितिय कारोबार स“गै अध्ययन भ्रमण, स्वास्थ्य शिविर, सामाजिक तथा अतिरिक्त क्रियाकलापहरुमा सक्रियता बढाउन आवश्यक रहेको बताउनु भयो । संस्थाले स्थापनकालदेखि नै सदस्य केन्द्रित विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तर त्यस्ता गतिविधिहहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त कार्यक्रममा सदस्य इन्द्र भक्त पंचले पनि प्रतियोगिताको महत्वबारे स्पष्ट पार्नुभयो ।

 

बाल सदस्यहरु बीच भएको क्ष्लमष्खष्मगब िःगतिष्उभि न्बmभ अन्तर्गत कक्षा १ देखि ६ कक्षासम्मको समूहमा रुपिका गोरा, काब्या पंच र रेज जतीले क्रमश पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् भने कक्षा ७ देखि ९ कक्षासम्मको समूहमा कृष्टल गारु, राजन कर्माचार्य र प्रिन्सा पक्काले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै संस्थाका महिला सदस्यहरु बिच भएको डोरी तान्ने प्रतियोगितामा रमा मातांको टिमले प्रथम स्थान र कल्पना द्योपालाको टिम दोश्रो हुन सफल भएका छन् । पुरुष सदस्यहरुबीच भएको कसिमता पा“य् प्रतियोगितामा आशकाजी मानन्धर प्रथम, पुण्यराम स्वंगमिखा दोस्रो र राजन जति तथा आशराम लागे संयुक्त तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितमा विजयता हुन सफल खेलाडीहरुलाई संस्थाको यहि पुस १९ गते, शनिबार हुने २१औं स्थापना दिवस कार्यक्रममा पुरस्कार तथा प्रमाण–पत्र वितरण गर्ने आयोजक उपसमितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो । उक्त दिन संस्थाबाट खुल्ला रक्तदान कार्यक्रम, जेष्ठ सदस्यहरुको सम्मान तथा दश जोड दुई उत्तीर्ण विद्यार्थीहरुको सम्मान कार्यक्रम गरि स्थापना दिवशको कार्यक्रम सम्पन्न गर्ने जानकारी प्रबन्धक प्रशान्त मानन्धरले बताउनु भयो ।

Leave a Reply