ज्यापु दिवसको उपलक्ष्यमा ज्यापु समाज यलले मंसीर २४ गते पाटन मंगलबजारमा “योमरी ब्यज्या” आयोजना गर्दैछ : ज्यापु समाज यलका उपाध्यक्ष वीरबहादुर महर्जन
ज्यापु समाज यलका तृतीय उपाध्यक्ष तथा ज्यापु प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव वीरबहादुर महर्जनले आउदो मंसीर २६ गते मनाइने ज्यापु दिवसको उपलक्ष्यमा विगत वर्षमा झै यस वर्ष पनि यही मंसीर २४ गते ललितपुरको पाटन मंगलबजारमा सांस्कृतिक कार्यक्रम सहित “योमरी ब्यज्या” आयोजना गर्न लागेको र त्यसको तयारी पूरा भएको बताउनु भएको छ ।
सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु-याउने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ज्यापु समुदायको संस्कृति प्रवर्द्धनमा मद्धत पुगोस् भनी यो “योमरी ब्यज्या” आयोजना गरिएको हो भन्नुभयो । ज्यापु दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकाका ४ वटा वडाका ४० टोलमा यही मंसीर २५ ,२६ ,२७ र २८ गते ज्यापु दिवसको उपलक्ष्यमा वार्षिक कार्यक्रम अन्तर्गत सांस्कृतिक कार्यक्रम हूँदैछ , उहाँको भनाई छ । उहाँले जेष्ठ नागरिकहरुको सुविधाका लागि ललितपुरको बागडोलमा ११० जना अट्न सक्ने ४ तलाको जेष्ठ नागरिक आनन्द निकेतनको
२ महिना जतिमा सकिने गरी निर्माण कार्य भइरहेको र यसको निर्माण कार्य सकिएपछि यो चाडै सञ्चालनमा आउने छ भन्नुभयो ।
ज्यापुहरुको कला , संस्कृति , इतिहास आदिको अध्ययन , अनुसन्धान र प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको भोलागणेशमा स्थापना भएको ज्यापु प्रज्ञा प्रतिष्ठानले ४० टोलका गुठी , गना , मठ , मन्दिर , पाटी , पौवा आदिको अनुसन्धान गरेर तथ्य पत्ता लगाउने तथा देशभरीका ज्यापुहरुको पहिचानकोअध्ययन अनुसन्धान गर्ने र यसबाट प्राप्त भएको विवरण सो प्रतिष्ठानको पुस्तकालयमा राख्ने । यसका साथै ज्यापु कला संस्कृतिको अध्ययन अनुसन्धान गर्न चाहनेलाई सो विवरण प्रदान गरी सहयोग गर्ने उहाँको कथन छ ।
दाई मंसिर २४ गते मङ्गलवारको दिन होईन र !!!