चमेरो साकोस कौसलटार – बालकोट सडक हरियाली बनाउने कार्यक्रममा सहभागी भइरहेको छ
भक्तपुरको सूर्यविनायक न.पा.- २ , चमेरोमार्ग , बालकोटमा रहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष भीमसेन श्रेष्ठले सहकारी सञ्जालसँग कुरा गर्दै “सरकारी , निजी र सहकारी सहयात्रा अन्तर्गत भक्तपुरको कौशलटारदेखि बालकोट चोकसम्म बाटाको दुबैतिर ५०० वटा बिरुवा रोप्ने कार्यक्रममा हाम्रो यस चमेरो बचत तथा ऋण सहकारी संस्था लि.पनि सहभागी भइरहेको छ । बालकोट एरियाका अरु १०/१२ वटा सहकारी संस्थाहरु पनि सहभागी भइरहेको यो कार्यक्रममा हाम्रो यस संस्थाले रु.४५,००० खर्च गरी ३० वटा बिरुवा किनेर ल्याएको छ ” भने।
सूर्यविनायक नगरपालिकाभित्र कार्यक्षेत्र भएको र आफ्नै भवन भवनबाट वित्तीय कारोवार गरिरहेको यस संस्थाले नव वर्ष २०७६ को अवसर पारेर रक्तदान गर्ने र यतिवेला यस संस्थाका सदस्यहरुका लागि’ सहकारी ऐन लगायतका विषयमा’ सहकारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी भरइरहेको उनको भनाई छ।
गएको असोज १५ गते ३ नं. प्रदेशका सभासद शशीजङ्ग थापाको प्रमुख आतिथ्यमा यस सहकारी संस्थाले आफ्नो ९औँ वार्षिक साधारणसभा गरी सकेको बताउदै सो संस्थाका अध्यक्ष श्रेष्ठले यो संस्थामा शेयर सदस्य १५२४ र ११ जना कर्मचारी रहेका तथा आर्थिक वर्ष २०७४/७५ मा शेयर पूँजी रु.१,१४,४६,८०० , निक्षेप रु.१४,८७,९०,२१३ , रु.१३,९७,१७,२९६ , आम्दानी रु.८६,५१,५५८ , खर्च रु.६१,६२,५७७ र शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको र यस वर्ष यो संस्थाको शेयर सदस्य २,२५० र शेयर पूँजी रु.१,४०,००,००० पु-याउने लक्ष्यका साथ काम भइरहेको बताए । यस आ.व. मा यस संस्थाका शेयर सदस्यहरु ज्ञानबहादुर श्रेष्ठ , मञ्जरी गजुरेल , काञ्छीमाया रानाभाट र दुर्गा आचार्यको असामयिक दु:खद निधन भएकोमा शोक प्रकट गर्दै यस संस्थाले निजहरुको परिलारलाई क्रमश: रु.२,००० , रु.१०,००० , रु.७००० र रु.७००० प्रदान गरेको उनको भनाई छ ।
सरकारले सहकारी मैत्री ऐन तथा नियमावली बनाएर सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा जोड दिनु पर्ने उनको कथन छ ।
