संघीय संसदमा दर्ता गरिएको गुठी विद्येयकबारे प्रधानमन्त्री ओली र काठमाडौं उपत्यकाका जनप्रतिनिधि बीच आज छलफल

0 Shares

संघीस संसदमा दर्ता भएको गुठी विद्येयक बारे आज अपरान्ह प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नु भएको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिकांश जनप्रतिनिधिहरुले गुठी विद्येयक फिर्ता लिनु पर्ने अन्यथा कडा आन्दोलनमा जाने बताए भने केहीले यसलाई फिर्ता नगरी शंसोधन गर्नु पर्ने बताएको बताइएको छ ।

साताव्यापी युरोपियन देशहरुको भ्रमण गरी स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुठी विद्येयक शंसोधन गर्न सकिने बताउनु भएको थियो । सोही अनुरुप आजै भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालसँग गुठी विद्येयकबारे जानकारी लिनु भएको जनाइएको छ ।

यतिबेला सम्पदा बचाऔँ अभियान लगायतले गुठी विद्येयक विरुद्ध आन्दोलन गरिरहेको छ । सो आन्दोलनप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ऐक्यबद्धता जनाएको छ नै यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कतिपय नेता कार्यकर्ताहरु पनि यसको विरोध गरिरहेको देखिन्छ । यो विद्येयकको पक्ष र विपक्षमा रस्साकस्सी भइरहेकोले यसको समाधान कसरी खोजी गरिने हो , त्यो आउने दिनमा देखिएला ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply