नेफ्स्कूनको आयोजनामा वित्तीय सहकारी संघहरुका लागि उच्च स्तरको नीति र प्रभावकारी विषयक ६ दिने तालिम हिजो सम्पन्न

0 Shares

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि  (नेफ्सकून) को आयोजना र अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) , अन्तर्राष्ट्रिय तालिम केन्द्र (ILOITC) र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) को सहयोग र ग्रामीण वित्तमा क्षमता विकास (CABFIN) को सहकार्यमा ६ दिने “वित्तीय सहकारी संघहरुका लागि उच्चस्तरको नीति र प्रभावकारिता” विषयक तालिम भक्तपुरको नगरकोटमा हिजो सम्पन्न भयो । नेफ्स्ककुनका अध्यक्ष डी.वी. बस्नेतलेको अध्यक्षतामा सम्पन्न सो तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का राष्ट्रिय निर्देशक रिचर्डले “नेपालमा सहकारीको विकास भएको लामो समय भयो तर स्पष्ट नीति र योजना अभाव तथा प्रभावकारी सञ्चालनमा केही कमी देखिएकोले त्यसमा सुधार गर्नु पर्नेमा जोड दिनु हूँदै  सहकारी क्षेत्रको नीतिगत व्यवस्थापनको लागि आई.एल.ओ. सदैव तत्पर रहेको बताउनुभयो । त्यस अवसरमा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) का सहायक प्रतिनिधि विनोद शाहले नेपालमा सहकारीको विकास शुरु भएको दशकौं भएपनि विद्युतीय वित्तीय सेवाको विषय भने भर्खरै सुरुवाती चरणमा रहेकोले यस्ता कार्यमा सदैव सहकार्य गर्न आफूहरु तत्पर रहेको बताउनुभयो । वित्तीय सहकारी संस्थाहरुले समुदायमा वित्तीय पहुँच विस्तार गरी उद्यमशिलता विकासमा महत्वपूर्ण योगदान गरी वित्तीय सहकारीहरुका सदस्यलाई उद्यमी बनाउनेमा केन्द्रित हुनुपर्नेमा उहाँँको जोड थियो । । उक्त   समापन कार्यक्रममा सहजकर्ताहरुको तर्फबाट (FAO) का श्रोत व्यक्ति निकलस बेन्नीले यस कार्यक्रममा सहजीकरण गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो  अन्तरक्रियाबाट आफूले पनि नयाँ सिकाई प्राप्त गरेको र भविष्यमा पनि सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।  त्यस अवसरमा अध्यक्षको आसनबाट बोल्दै  नेफ्स्कून अध्यक्ष बस्नेतले आफूले सहकारी अभियानमा तीन दशक पार गरेको र यस्ता सयौं कार्यक्रमहरुमा सहभागी भएता पनि यो कार्यक्रम आफ्नो लागि विशेष महत्वको रहेको बताउनुभयो । यसले नयाँ सोचलाई औपचारिक तहमा ल्याई दिएकोले नेफ्स्कूनले थप नयाँ उचाई प्राप्त गर्ने विश्वास थपिएको उहँको भनाई थियो ।
नेफ्स्कून अध्यक्ष बस्नेतको अध्यक्षतामा यही असार १ गतेेेेबाट चलेको त्यस तालिममा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , नेपाल  राष्ट्र बैंक , राष्ट्रिय सहकारी विकास बोर्ड , राष्ट्रिय सहकारी महासंघ लि. , FAO , ILO , ITCILO का प्रतिनिधि , नेफ्स्कूनका पदाधिकारी , सञ्चालक  र कर्मचारी सहित गरी ३२ जनाको सहभागिता रहेको नेफ्स्कूनले जनाएको छ ।

Leave a Reply