समाज कल्याण परिषदमा यति धेरै बेथीति र भ्रष्ट अवस्था रहेछ

– अधिबक्ता कृष्णप्रसाद शर्मा , भूतपूर्व कानूनी सल्लाहकार , समाज कल्याण परिषद
कृष्णप्रसाद शर्मा पेशाले कानुन व्यवसायी हुनुहुन्छ । पञ्चायत कालको उत्तरार्धतिर पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययनरत रहेकै समयमा तत्कालीन नेकपा (माले) निकट विद्यार्थी संगठन अनेरास्ववियू हुँदै नेपाली वाम आन्दोलनमा संगठित हुनु भएका अधिबक्ता शर्मा ३० वर्षभन्दा बढी समय वाम राजनीतिमा सक्रिय हुनुभयो । यतिबेला भने उहाँ आफूं मार्क्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित भएपनि कुनै राजनीतिक दलमा आवद्ध नरहेको बताउनुहुन्छ । १० महिना समाज कल्याण परिषदको कानुनी सल्लाहकार रहेर काम गर्नु भएका उहाँसँग समाज कल्याण परिषद लगायतका समसामयिक विषयमा सहकारी सञ्जालले कुराकानी गरेको थियो । जो यस प्रकार छ ।
१. समाज कल्याण परिषदमा तपाईको प्रवेश कसरी भयो ?
~म सुशिल कोइराला प्रधानमन्त्री भएको बेला समाज कल्याण परिषदको कानुनी सल्लाहकार नियुक्त भएको हुँँ । परिषदबाट निर्णय भएको ११ दिन पछि मात्र मैले म त्यहाँ नियुक्तको निर्णय भएको थाहा पाएको थिएँँ । यो खवर समाज कल्याण परिषदका अध्यक्ष नीलम के.सी. मैनालीका निजी सहयोगी भरत पाण्डेबाट पाएको हुँँ । परिषदमा मेरो नियुक्ती यस्तो समयमा भएको रहेछ कि त्यस परिषदका पदाधिकारी र अध्यक्षका केही निजी कारिन्दाहरु वीचमा अनियमित रकम कसले कति भाग खाने भन्ने बिवाद रहेछ ।
खबर पाएपछि म सिधै समाज कल्याण मन्त्रालय गएँँ – परिषदका अध्यक्षलाई भेट्न । त्यहाँ मेरा पुरानै चिनजानका नीलमणि बराल बसेका रहेछन् । औपचारिक भेटघाटपछि मलाई ‘समाज कल्याण परिषदमा सम्पर्क गर्न जानू , त्यहाँ राम शर्मा नामका कर्मचारीको छन् भनियो’ । म परिषदमा पुग्दा कार्यालय सुनसान थियो । सोधपुछ शाखामा सोधेर ती कर्मचारीको कोठामा पुग्दा उनले सर कानुनी सल्लाहकार हो भने ।
मैलै पनि हो को सकेंत गरेँँ । उनले उठेर नमस्कार गरेर मलाई बस्न अनरोध गरे । त्यसपछि उनले
परिषदका सदस्य सचिव रविन्द्र यादवलाई म परिषद पुगेको जानकारी गराए फोनमा । फोनको रिसिभर राखेर रातो निलो अनहुार बनाए बिचरा ती कर्मचारीले । पटक – पटक लेख्दै केरमेट गदै उनले एउटा कागजमा लेखेर टाईप गर्न गए । त्यो मेरो १ बर्षे करार सेवाको नियुक्ती रहेछ । सहीछाप गरेर एक प्रति लियौँ दियौँ। म परिषदको कानुनी सल्लाहकार दरिएँँ ।
२. समाज कल्याण परिषदमा रहँदा तपाईको अनभुव कस्तो रह्यो ?
~समाज कल्याण परिषदमा यति धेरै वेथीति र चरम भ्रष्ट अवस्था रहेछ कि म जब परिषदमा पुगेँ , दुर्गा भट्टराई नामका कर्मचारी मेरो छेउमा आएर बताए – उनका डाइरेक्टर रिमालले आफ्नो अवकासपछि समय थप गरेर चरम काईते काम गरेका , थपेको समय नसकिदै पद बाँडेर पचास लाख बढी रकम खाने तारतम्य मिलाएका छन् । मैले ती कर्मचारीको कुरा सुनेपछि एउटा कर्मचारीले डेढ बर्षमा पचास लाख बेहिसाव लुट गर्दैछ भन्ने थाहा पाएँँ । मैैैले जवाफ दिएँँ – यो त नाजायज हो । बस् , मेरो कुरा बुझेका ती मनुवाले पोल गरेछन् नीलमणि बराल र उनका मालिक सी पी मैनालीलाई । त्यो रकमको भागबण्डा मैनालीसम्म पुग्ने रहेछ । त्यसलाई मैले सिधै नाजायज भनी दिएँँ । म नभएको बेला पारेर त्यो रकम निकालेर भागबण्डा भयो रे ।
अर्को दिन म परिषद कार्यालयमा जाँँदा मिठाराम नामका कर्मचारीले एउटा फाईल मेरो टेबलमा सारे । जहाँ मदन लामिछाने नामका माली पदका कर्मचारीलाई आर्थिक अनियमितता गरेको हुँँदा कारवाही हुन माग रहेछ । फाइल पढ्छु – बगैंचामा
१२६ जनाले प्रवेश गरेको टिकट काटेका रहेछन् । प्रति ब्यक्ति ४० का दरले ५,०४० कार्यालयमा दाखिल गरेको मिसिलमा उल्लेखित तिनैमध्येका २४ जनासँग कार्ड नभएको हुँँदा मदनलाई कारवाही हुन तह तह सिफारिस रहेछ । सिफारिस नीलमणि र रविन्द्र आदि — । म बिलखबन्धमा परेँँ । टिकट किनेका १२६ जनाको
पैसा बाखिल भएको जाँच गर्दा १२६ जना बगैचामा छन् तर ती मध्येका २४ जनासँग टिकट छैन । हिसाब बराबर भएपछि टिकट समातेर बस्ने काम टिकट काट्ने कर्मचारीको त भएन तर मिसिलमा उल्लेख छ- तह तह कारवाहीको कुरा र तलब रोक्का । लेखाका रमेश अर्याललाई बोलाएर त्यसबारे सोधेँँ । जवाफमा उनले रुञ्चे आवाजमा मदनमाथि अन्याय भएको हो , सर । उसले सबै पैसा नियम अनुसार नै अफिसमा दाखिल गरेको हो भने । यसबाट मलाई समाज कल्याणमा नियुक्त गनेप्रति नै अविश्वास सुरु भयो ।
मैले मदनको कुनै दोष नरहेको कानुनी राय लेखेँँ । परिषदमा यस्तै अन्यायमा परेका अरु पाँच/छ जना कर्मचारी रहेछन् । ती बबुरा कर्मचारी बाहेक बालकोषका ६ जना गैह्र कानुनी निकाला भएका रहेछन् । म ती निरीह कर्मचारीहरुको न्यायको पक्षमा लाग्दा त्यहाँँको नेतृत्वसँग मेरो मेलमिलाप हुन सकेन ।
समाज कल्याण परिषद मातहतमा रहेको भृकुटीमण्डप , टुकुचा तरकारी बजार , बुढानिलकण्ठ , भीमसेनगोलाको
जग्गामा पनि रमाइलो रहेछ । मैले ती फाइल मागेर पढेँ। नाम समाजकल्याण , काम दलालकल्याण ।उता नरेन्द्रबहादुर खत्रीको मातातीर्थ धामको कुरामा मुद्धै परेको रहेछ । जताततै अन्त्याय मात्रै देख्नु परेपछि मलाई यसका पदाधिकारीको नियतमा शंका लाग्यो । मैले कम्युनिष्टका नाममा यस्ता ठगको संगत गरेको थिइन । मेेेरो यो पहिलो संगत हो ।
समाज कल्याण परिषदमा २६४ विदेशी संस्था दर्ता थिए । म त्यहाँ छदाँ ती संस्था प्रत्येक बर्ष नविकरण हुनु पर्ने । त्यहाँका पदाधिकारी र कर्मचारीको मिलेमोतोमा हरेकसँग १००० डलर लुट्ने तर त्यसको रसिद बिल भरपाई केही नदिइने रहेछ । त्यहाँ त्यो रकम कसले कति लिने खाने भन्ने विवाद रहेछ – पदाधिकारी र मन्त्रीको वीचमा । यसै मेसोमा सरकार परिवर्तन भयो । त्यो रकम मन्त्रीलाई नदिएर एक्लै खाने दाउमा सदस्य सचिव रविन्द्र यादव र त्यो रकम आफूले पाउनु पर्ने नीलमणि – निलम वीच टकराव देखियो । मेरो रोल त्यो रकम परिषदको कोषमा जम्मा हुनुपर्ने भन्ने थियो तर जे भएपनि मैले यादवजीका विरुद्दमा कर्मचारीको समूह खडा गरेँँ ।
रविन्द्र यादवको उपाधि ओभरशेयर तर उनको नाम अगाडि ईञ्जिनियर लेखेको हुन्थ्यो । कसैले त्यो पदवी लेख्न भुल गरे यादवजी लेखेको कागजै च्यात्ने रहेछन् र कुनै वाहनामा ती कर्मचारी अन्यायमा परिहाल्ने रहेछन् ।
उता निलम जीले भूँईचालोको राहतमा अनियमितता गरेको , खरिदै नगरेका पालको बिल तयार गरेको , कपिलवस्तुका कुञ्जविहारी चौधरीको मिलबाट कमसल चामल थोरै ल्याएर असल र धेरैको बिल तयार गरेको जस्ता विषयमा परिषदकै कर्मचारी हरि तिवारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेका रहेछन् । यो बिषयमा मन्त्री निलमको परिवारकै खाता रोकिएको समाचार आयो ।
नीलमणि जीलाई मैले अनियमित गर्न
असहयोग गरेकोले अफ्ठ्यारो परेको थियो । उनले अन्याय गरेका साना कर्मचारी मेरो पक्षमा खुलेरै लागेेका थिएँँ । परिषदमा थोरै र स्पष्ट बोल्ने एकजना कर्मचारी रहेछन् शिव बस्नेत । उनले मलाई आफ्नो कुरा धेरै पछि मात्र राखे । उनी आस्थाका कारण परिषदमा वरिष्ठ हुँँदा हुँँदै पनि कनिष्टमा परेका रहेछन् । काङग्रेसले
उनलाई पिना पेले झैं पेलेको रहेछ । कम्युनिष्ट नामका लुटेरासँँग उनलाई झन बढी अविश्वास रहेछ। उनले मलाई अनियमित गरेर रकम खान दिन नसकेरै आफू पछि परेको बताए ।
काँठका मानिस , कर्मचारी स्वभाव
हत्तपत्त बोल्न नमान्ने रहेछ उनको तर धेरै पछि नै भएपनि उनीसँग मेरो कुरा नजिक भयो । त्यो परिषदमा अन्यायमा परेका कर्मचारीको पक्षमा उनको भरोषा रहेछ । पछि नीलमणिहरुले उनको नागरिकतामा विवाद उठाउदा समेत मेरो उनीसँग सम्पर्क भएको थियो- मैले परिषद छाडेको धेरै पछि ।
सरकार परिवर्तनको हल्ला चलेपछि रविन्द्र यादवलाई हटाउने धम्की दिएर रकम असुल्ने प्रपञ्च रचेछन् नीलमणि जीले । पैसा भनेपछि अघिपछि कतै नहेर्ने बानी मैनाली दम्पतीमा रहेछ । यो कुरा मलाई अगाडि नै थाहा भएको
भए मैले शुरु मै त्यो सल्लाहकार पद अस्वीकार गर्थे तर नियुक्ती-पत्र बुझेको केही दिनपछि मात्रै कृष्ण रानाबाट सुनेर त्यसबारे थाहा पाएँँ । मन्त्रालयमा यादव हटाउने कागज तयार भएछ । जय केरुङले दुई दिन पछि खवर गरे । मलाई खवर
नगर्ने सर्त रहेछ । देवेन्द्रराज भन्ने एकजना दलालसँगको सल्लाहमा त्यो कागज तयार भएको रहेछ । यादव जीहरुमा मेरो सल्लाह मान्नु पर्ने स्वभाविकै भयो । कुञ्जबिहारी चौधरी कोषाध्क्ष , औसत सोझा मानिस , उनलाई प्रयोग गरेर सर्वोच्च अदालतमा मद्दुा परेछ । म सर्वोच्च अदालतमा पुग्दा थाहा पाएँँ । सोधपुछमा थाहा भयो – कारण देखाउने आदेश भएछ। मिसिल बेञ्चमै छ। मैले सी.पी. मैनाली दम्पतीलाई जानकारी गराएँँ । राती नै रविन्द्र पटेलमार्फत अदालतको आदेशमा यथास्थिति थप भएर आयो । खर्च भएछ पन्ध्र लाख । बेञ्च गोपाल पराजुलीको ।
सरकार वदलियो । नयाँँ सरकारमा निलम के.सी. मैनालीको सट्टा उनका पति सी.पी, मैनाली समाज कल्याण परिषदको अध्यक्षमा आउनुभयो । परिषदमा यादव पक्ष हावी हुन पाएन । नीलमणिहरुको रुवाबासी सकियो । नयाँ मन्त्रीको अगमनले उनीहरुमा हौसला बढ्नु सामान्य भयो । लामो समय अध्यक्षलाई परिषद जाने आँँट आएन । कारण रहेछ उनकै मेडम मन्त्रीको
अनियमितता र कहाँको के नितेसले खिचेको भिडियोको धम्की अनि मिलेरै नवीकरण दस्तुर बाडफाड । यो वीचमा नारायण काफ्ले मार्फत सचिवका केही काम भएका थिए तर यादवको मितेरी मैनालीसँग मिलेेेछ । बैठकमा यादवको बाहलीको तयारीमा मैले बाहलीको पत्र चाहिने अडान राखेपछि वातावरण पूरै बिथोलियो ।
यो लडाई पूरै अनियमित रकमको बाडफाडमा सिमित रहेको पक्का भएपछि मैले खास चासो राख्ने वातावरण नै सकियो । मेरो त्यो अडानले त्यो २६४ हजार डलर मैनालीको पक्षमा एकलौटी भयो । उनलाई चिट्ठै परेको भन्नु पर्ला नि !
३. परिषदका अरु पनि समस्या देख्नुभयो कि ?
~ नयाँ समिकरण बनिसक्दा यादवको टीमको अवधि सकियो । सदस्य सचिवको खाली पदमा लिलामीको नयाँ तर गोप्य टेण्डर खुल्यो । बसन्त्त जीको रकमको गाईगुई चलेपछि मधु चालिसे मैनाली परिवारका पुजारीबाटै बिस्थापन हुनुभयो । यो रमाईलोमा म पनि विष्णु रिमालसम्म पुगेँ टेण्डरवालाको बिरोधमा । डाक्टर
अधिकारीसम्म पुगियो तर कुरा मिलेन । पछि भट्ट जीको टेण्डर पास भो । नीलमणि जीको बढुवा ।
खासमा मैले परिषद छाड्नमा रेडक्रसको फाइलको चलखेल हो । बडा इमान्दार देखिने रामचन्द्र बलामी नियतमा अलिकती कमजोर रहेछन् । रेडक्रसवालाले ११ वर्ष अबैध रुपमा संस्था चलाएका रहेछन् । नवीकरण
वापत करोडको मोलतोत भएको रेडक्रसका तर्फबाट थाहा पाएँँ । यही बिषयमा भरतमणिको पिएको जागिर बालबाल जोगियो । उनले जम्मा एक दुई थान जागिर मागेछन् रेडक्रससँग । बलामी जीले सुट लगाएर मन्त्रलय र परिषद नगएका हुँँदा आउटै जस्ता थिए ।
मैले तलब नपाएको लामो समय भएको थियो ।कारण मेरो चेकमा यादवले सही नगरेर । यस्ता करोडका फाइलमा म बिरोधी हुने नै भएँँ । उता मेरो रोकिएको तलव दिएर फकाउने खिचडी पाकेछ । मलाई लेखाको चौधरीले फोन गरेर चेक लिन बोलाए । मैले चेक त बुझेँ तर मैनाली परिवारलाई बेठी बुझाउने चलन थाहा नभएकोमा झन पेलिने समय आयो । मैनालीका पीए सबैको
तलबबाट बेठी काटेर बाँकी रकम पाउने कुरा बलामीबाट थाहा पाए पछि मलाई लाज लाग्यो ।
जव मैले भ्रष्टाचारको छनक पाएँँ , अहिले मुदा परेका गुरुङ लगायतकाले नीलमणि मार्फत नियमित नजराना बुझाउने कुरा । हिरादेवी खड्कीको नातीसँग नीलमणिले रकम बुझेर गरेको अन्याय वा आलटाल जस्ता कुराले मलाई हिनताको बोध हुँँदा मैले मैनालीसँग तपाईको उचाईले यस्तो घटिया अवस्थाको कल्पना गरेको थिइन । अब म तपाईको सल्लाहकारबाट हट्ने निर्णयमा पुगेेँँ भनेर मन्त्रालयमा जवाफ दिएर हिडेको हुँ । मैले जुन बिषयमा असहमत भएर हिडेँँ अर्थात नीलमणि , देवेन्द्रराज भन्ने अर्को मान्छे र केरुङ समेतका मान्छे आफ्नो गुजाराका लागि नानाभातीका जालझेलमा मैनाली परिवारमा पुग्थे । ठगीको रकमको केही हिस्सा भान्सामा
पुगे पछि लाज शरम हुने कुरा भएन मैनालीकोमा पनि । तपाई आफै भन्नुहुोस मैनाली दाम्पत्ती जुगै भरी राजनीतिमा छन् । काठमाडौंमा जोडा घर कसरी बने तिनका ? त्यो पनि चावहिल र डिल्ल्लीबजारमा ? कहिले मारवाडीलाई सांसद पद बेचेर त कहिले ताईवानमा मान्छे बेच्ने भनेर त हो नत्र मोहनचन्द्रको जस्तो हुँँदो हो । यो सबै कुराको बोध भएको हुदा मैले समाज कल्याण परिषदमा अबधि बाँकी छदैै छाडेको हुँँ।
४. त्यहाँ रहँदा तपाईको बुझाई कस्तो रह्यो ?
~ मैले जुन कुरा बुझेँ वा जो जसका गतिविधि देखेर परिषद छाडेँ , ती मान्छेलाई जुन जुन पाटीमा ओत लाग्दा पनि भ्रष्टको बात लगेकोमा आत्म सम्मान मानेको छु । म र मेरो बुझाई ठिक रहेको प्रमाणित भएकोमा गर्व छ ।
५. समाज कल्याण परिषदमा काम गर्दा कस्ता खाले समस्या बढी पाउनु भयो ?
~ समाज कल्याण परिषदमा दुई खाले समस्या छन् । यो महारानी ऐश्वर्यले टहलिन बनाएको सस्था हो । बहुदल अघि यसको अवस्था त्यही थियो । बहुदल आएपछि त्यहाँ काङग्रेसले कब्जा जमायो । अधिक कर्मचारी काङग्रेस हुँँदा
यसको आयस्था काङग्रेसले खायो । पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँँदाबाट यसमा काङग्रेस बाहेकले टाउको घुसारेका रहेछन् । ती टाउको घुसारेका मान्छेेेको प्रवृत्ति यत्ति निच कि उनीहरुमा मान्छे हुनुको कुनै बोध छैन । कताबाट पैसा झर्छ र खाउँँला बाहेक अरु कुनै धोको छैन तिनीहरुमा । परिषदमा भएको चरम अनियमिताले यस्तो रुप लिएको कि प्रदर्शनी हलको एक दिनको ६,०००० भाडामा दियो । २ दिन भनेर ५ दिन कार्यक्रम गर्छ । भाडा आयो १,२०,००० बाकी ३ दिनको बाडचुड गरेेर खायो अनि एक आपसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर ग-यो । यहाँका कर्मचारीको औसत काम यही नै हो । परिषदको आयस्ता यति धेरै छ तर उपलब्धी सुुुुन्य छ ।
अर्को पाटो छ परिषदको । यसमा सरकारले नियुक्त गरेका सिमित पदाधिकारी बाहेक बहुमत मन्त्रालयका सचिव छन् तर सदस्य सचिवमा ओभरशियर स्तरको लठ्ठक नियुक्त हुन्छ अनि बिचरा ! सचिवले एउटा अधिकृत पठाउछ । बैठक भत्ता बुझ्यो , टाप कस्यो । परिषद के हो ? के हुदै छ त्यहाँ ? कुनै मतलव भएन । परिषदमा स्थायी रुपमा रहने सचिव , उपाध्यक्ष र कोषाध्यक्ष भन्यो । रकम असुल ग-यो । झगझा ग-यो । खायो ।
यसको उद्देश्य हेर्नु भो भने र संरचनाको कुरा गर्दा यो देश विदेशमा नेपाल चिनाउने ठुला निकाय हो ।यसमा बहुमत सदस्य मन्त्रालयका सचिव हुन्छन् । विदेशी निकायले यसको अनमुती बिना यहा चिहाउन पाउदैन तर ब्यबहारको कुरा मैले भनी सकेँँ । कसरी देशको बदनाम हुन्छ , त्यो गर्न लागेका छन् – दुवै थरी । साना कर्मचारी माथि दमनको काम पनि कम चाखलाग्दो छैन त्यहाँ । जुन मैले माथि नै भनें । नीलमणि बरालले एउटी स्वभिमानी बहिनीलाई पिए नियुक्त गरेछन् । खै ! नीलमणिले ती बहिनीलाई के गरे ? के भने ? ती बहिनीले रुदै परिषद छाडिछन् भन्ने कुरा त्यहाँका महिला कर्मचारीले भनेर थाहा पाएको मैैैले ।
६ .समाज कल्याण परिषद सुधारका उपाय के देख्नु हुन्छ ?
~ समाज कल्याण परिषदको सुधारको पाटो खास जटिल छैन । समाज कल्याण ऐन बमोजिमको उद्देश्यलाई हुबहु कार्यान्वयन गर्ने हो भने सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको उपस्थिति जनाएर स्वदेशी/ विदेशी संघ/
संस्थाको उचित समन्वय कायम गर्ने हो । यसको ब्यापकता र गम्भीरता ऐनले स्पष्ट पारेको छ । यसले नेपाल र नेपालीको अस्थित्व संसारमा देखाउन सक्छ ।
७. बर्तमान सरकारप्रति तपाईको धारणा के छ ?
~ मलाई वर्तमान राजनीति र सरकारको बारेमा बोल्न भन्नुभयो । सारमा यो सरकार दलाल , माफिया , भ्रष्टचारी र विदेशी साम्राज्यवादीको हितकारी सरकार हो । यहाँ इमान्दार , मेहनती राष्ट्रवादी र परोपकारी मानिसहरुको पूरै
अस्थित्व समाप्त पारेर पलायन बनाउने काममा सरकारले लगानी गरेको छ । यो सरकारलाई विदेशी मित्र शक्तिले पुरै अविश्वास गरी सके । देशको प्रधानमन्त्री जस्तो पदमा बसेको मान्छेको दुई बर्ष अगाडि अबको डेढ बर्षमा म्याग्दीको बेनीमा रेल आउछ भनेर भने । के यस्ता कुरा छिमेकीले सुनेका छैनन् र ? उता सन् २०१९ को जनवरीमा पानीजहाज चढ्ने निम्ता भने । जुन कुरा आज असफल भई सकेको छ । सरकारको नेतृृृृत्व गरेको पाटीका नेताले ‘देश असफल भयो । दलालको नियन्त्रणमा सरकार छ’ भन्छन् । राज्यका कुनै अंगले राम्रोसँग आफ्नो काम गर्दैन । अदालतमा दलका दलाल कार्यकर्ताको भर्ना हुन्छ । राजदुत नियुक्त भएको मान्छेले फलानासँग यति करोडमा पो सो पद किनेको भनेर सार्वजनिक गर्छ । भ्रष्टचारी जग्गाको दलाललाई क्षतिपूर्ति चाहियो भनेर सरकारको जिम्मेवार पदाधिकरी कुर्लन्छ । सरकारले गरेको अन्यायको विरोधमा हिडेको नेता कार्यकर्तालाई गोली हानेर मारिन्छ। कर ठगीको बिरोध गरेको निहुँँमा जेलमा कोचिन्छ । आफै बुझ्नुहोस् – यो सरकार कस्तो र कसको हो ? मेलम्चीको कुरा , फोरजीको कथा , निर्मलाको हत्या , रविन्द्र अधिकारी र वाईडबोडी जहाजका किस्सा र किंवदन्ती । यही असार ५ गते मात्रै सर्लाहीमा गरेको नरसंहार । यो कस्को हितमा छ ?
गुठी विधेयक , नागरिकताको ब्यापार , मिडीया काउञ्सिल बिधेयक र लोकसेवा आयोगको विज्ञापनले सरकार आफ्नो नियन्त्रण छैैन भन्ने देखाउछ। आफ्नो सनातन परम्परा जोगाउन सडकमा जुलुस निकालेको समदुायलाई सामन्त्तीको बिल्ला भिराउने निकम्मा सरकारले संरक्षण गर्दछ ? कुनै लाज , शरम र संकोच विना सरकारले विदेशमा युवा जनशक्त्ति बेच्ने बजारको खोजी गर्दछ । यो सरकारले अरु नै कसैको काम गरेको छ । सारमा यो सरकार स्वदेशी विदेशी दलाल नोकरशाहको गुलाम हो । यसले कम्युनिष्ट पार्टी र दर्शनको बद्नामीको उद्देश्यमा निरन्त्तर काम गरेको छ ।