क्षेत्रीय सहकारी सञ्जाल गोदावारीले २०७६ माघ २५ गते रक्तदान कार्यक्रम गर्ने
ललितपुरको गोदावारी नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका २५ वटा सहकारी संस्थाहरुको सञ्जाल “क्षेत्रीय सहकारी सञ्जाल गोदावारी”को आयोजना र गोदावारी हेल्थ केयर सेन्टर ,टौखेलको विशेष सहयोगमा २०७६ माघ २५ गते विहान ११ बजेदेखि दिउसो २ बजेसम्म गोदावारी नगरपालिका -३ , टौखेल स्थित हाम्रो तरकारी बजारभित्र रक्तदान कार्यक्रम हुने भएको छ । त्यस अवसरमा वरिष्ठ चिकित्सकहरुद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिने कार्यक्रम रहेको उक्त सञ्जालका अध्यक्ष सुनन्द घिमिरेको भनाई छ । क्षेत्रीय सहकारी सञ्जाल गोदावारीले एम्बुलेन्स सेवा सञ्लालन गर्नेदेखि लिएर विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।

