एम.सी.सी. र भारतले गरेको सीमा अतिक्रमणको विरोधमा ९ वाम दलद्वारा आज लगनखेलमा जन-संवाद आयोजना गर्दै

0 Shares

अमेरिका सँग पूर्ववर्ती सरकारले गरेको एम.सी.सी.(MCC) र भारतले गरेको नेपाली भूमि अतिक्रमणको विरोधमा २०७६ माघ २४ गतेबाट चरणबद्ध सडक संघर्ष गरिरहेका नेपाल कम्युनिष्ट पार्टी सहितका ९ वाम दलले आज दिउसो १ बजे ललितपुरको लगनखेलमा जन-संवाद कार्यक्रम आयोजना गर्न लागेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य रत्नप्रसाद जोशीले सहकारी सञ्जाललाई बताउनुभयो । सोही दलकी नेतृ रचना शर्माले दिउशो १:०० बजे लगनखेलमा भेला भएर सो विरोध कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
एम.सी.सी र भारतले नेपाली भूमि माथि गरिरहेको अतिक्रमण विरुद्ध ९ वाम दलले २०७६ फागुन ३ गते विभिन्न जिल्लामा विरोध सभाहरु आयोजना गरेका थिए । ती विरोधसभालाई संघर्षरत ९ वटै वाम दलहरुका प्रतिनिधिहरुले सम्बोधन गर्नु भएको थियो । सोही क्रममा काठमाडौमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा बागमती प्रदेश समिति सचिव अर्जुन कार्कीले भारतले नेपाली भूमि अतिक्रमण गरिरहदा पनि वर्तमान सरकार कानमा ठेडी खादी आँखामा पट्टी बाधेर बसेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले एम.सी.सी. नेपालको वर्तमान संविधान तथा मुलुकले अवलम्बन गरिरहेको पञ्चशीलको सिद्धान्त र असम्लग्न परराष्ट्र नीति विपरीत रहेकोले यसलाई कुनै पनि हालतमा संसदबाट पारित गर्नु हुदैन भन्नुभयो ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफ्नो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकले बनाएको कार्यदलले काम गरिरहेकोले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई एम.सी.सी.को बारेमा नबोल्न सुझाव दिनु भएको छ ।

Leave a Reply