जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकको तथ्यांक विवरण उपलब्ध गराउने बारे सूचना !

यस सहकारी संघ लि.ले जिल्लामा रहेका विषय तथा प्रकृतिका संघ/ संस्थाहरु को तथ्यांक एकीकृत गरी विवरणिका प्रकाशन गर्न लागेकोले जिल्लाका १३ वटै स्थानीय तहका तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगी सकेको छ । जिल्ला भित्र सञ्चालनमा रहेका कुनै पनि सहकारी संस्थाको तथ्यांक विवरण संघमा बुझाउन बाँकी भएमा आगामी चैत्र ५ गतेभित्र तथ्यांक विवरण बुझाउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ ।