शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले ग-यो मानव सेवा आश्रम, बुढानिलकण्ठलाई खाद्यन्न सामाग्री प्रदान
काठमाडौंको न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को तर्फबाट आज काठमाण्डौॅंको बुढानिलकण्ठ नगरपालिका वडा नं.१, तौलुंगमा अवस्थित मानव सेवा आश्रम(बृद्ध बृद्धा) मा सोही वडाका वडा अध्यक्ष सुरेन्द्र तामाङ , महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गिरी सोही संस्थाका अध्यक्ष निरहरी प्रसाद उपाध्याय, कोषाध्यक्ष जीवनराज ओझा र सञ्चालक तथा सुचना अधिकारी अर्जुन बिश्वकर्माको उपस्थितिमा चामल १२ बोरा ,दाल १ बोरा ,चना १ बोरा , राजमा १ बोरा लगायतका खाद्यन्न सोही आश्रमकी ब्यवस्थापक नबिना सिटौला र त्यहाॅं रहनुभएका आश्रितहरुलाई प्रदान गरिएको 
त्यसै संस्थाका सञ्चालक तथा सूचना अधिकारी अर्जुन विश्वकर्माले बताउनु भएको छ ।
यसै गरी सोही संस्थाको तर्फबाट Renew Foundation (बाल अनाथलय) भैंसिपाटी ललितपुरमा पनि उक्त संस्थाका सचिब नरेन्द्र विष्ट, सञ्चालक दीपेन्द्रकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले र गोंगबु सेवा केन्द्रका कर्जा अधिकृत ज्ञानेन्द्र जोशीको उपस्थितिमा त्यसै बाल अनाथलयका सञ्चालक विशाल टमटा र त्यहाॅं रहेका बालबालिकालाई १० बाेरा चामल, १ बाेरा दाल ,२ कार्टुन तेल, १ बाेरा साेयाविन लगायतका खाद्यन्न सामाग्रीहरु प्रदान गरिएको हो संस्थाका सञ्चालक तथा सूचना अधिकारी विश्वकर्माको भनाई छ ।

