रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.,बसुन्धराले आफ्नो २३औँ वार्षिकोत्सवमा ग-यो शुभकामना प्रदान
काठमाडौंको बसुन्धारा-चौकीमा आफ्नै सुविधा सम्पन्न भवनमा मुख्य कार्यालय तथा ४ वटा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफू २३औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हिजो आफ्ना शेयर सदस्य , कर्मचारी तथा शुभेच्क्षुक लगायतमा शुभकामना व्यक्त गरेको छ । वि.सं.२०५५ बैशाख ९ गते स्थापना भएको सो संस्थाको २३औँ वार्षिकोत्सव लकडाउनका कारण शुभकामना प्रदानमा नै सिमित भयो । विगतका वर्षहरुमा भने उक्त संस्थाले सरसफाई , रक्तदान जस्ता विभिन्न रचनात्मक कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाउँदै आएको थियो । २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउनको जारी रहेको समयमा पनि त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदाश गरिरहेको छ ।
सोही संस्थाको शेयर पूँजी रु.५ करोड ७ लाख ६४ हजार ९ सय , ४ हजार ९ सय ३० जना महिला र २ हजार १ सय ७८ जना पुरुष सहित शेयर सदस्य संख्या ७ हजार १ सय ८ ,निक्षेप संकलन रु.८२ करोड ७६ लाख,कर्जा लगानी रु.८३ करोड ४५ लाख र कूल कारोवार रु.१ अर्व २५ करोड ५७ लाख
रहेको उक्त संस्थाका व्यवस्थापक सीताराम काफ्लेको भनाई छ ।
आर्थिक वर्ष २०७५/०७६ मा आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको सो संस्थाले काठमाडौंको फर्पिङ, साँखु र जितपुरफेदीमा लघुवित्त सञ्चालन गरी सहकारी सेवा प्रवाह गर्दै आएको तथा आफ्ना शेयर सदस्यहरुलाई सरल व्याजदरमा व्यापार , व्यवसाय , कृषि उत्पादन, प्रशोधन, बीउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदिमा कर्जा प्रवाह गरिरहेको जनाइएको छ ।

