संघीय संसदको दुबै सदनबाट आ.व. २०७७/०७८ को नेपाल सरकारको नीति तथा कार्यक्रम पारित

0 Shares

संघीय संसदको दुबै सदनबाट आज आर्थिक वर्ष २०७७/०७८ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यही जेठ ४ र ५ गते संघीय संसदको दुबै सदनमा सांसदहरुले उक्त नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिएका थिए । आजको दुबै सदनको बैठकमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभामा अध्यक्ष गणेश तिमिल्सिनाले सो नीति तथा कार्यक्रमको प्रस्ताव ध्वनि मतका आधारमख निर्णयार्थ प्रस्तुत गर्दा दुबै सदनबाट बहुमतबाट पारित भएको थियो भने उक्त नीति तथा कार्यक्रम माथि सांसदहरुले पेश गरेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । अब यही जेठ १५ गते नेपाल सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ बजेट पेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञाशाको जवाफ दिदै प्रधानमन्त्री ओलीले कुटनीति पहल गरी भारतसँग वार्ता गरी लिम्पियाधुरा-लिपुलेक- कालापानी सहितको भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताउनुभयो । बर्तमान सरकार देशबासीहरुको सुखको निम्ति योजनाबद्ध ढंगबाट काम गरिरहेको उहाँको भनाई थियो ।

Leave a Reply