निशेधाज्ञा थपिएसँगै काठमाडौं उपत्यका भित्रका सदस्यहरुलाई आलोपालो वित्तीय सेवा प्रवाह गर्दै राष्ट्रिय सहकारी बैंक, धेरैजसो सहकारी संस्थाहरुले सम्पर्क व्यक्ति मार्फत शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै
यही भदौ २७ गतेसम्म काठमाडौं , ललितपुर र भक्तपुरमा निशेधाज्ञा थपिएसँगै राष्ट्रिय सहकारी बैंक लि.ले काठमाडौ उपत्यका भित्रका आफ्ना सदस्यहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार यही भदौं ११ गते प्रकाशित सूचनामा उल्लेख गरिएको समय तालिका अनुसार थोरै कर्मचारीबाट वित्तीय सेवा प्रवाह गरिरहेको बताइएको छ ।
यसैगरी निशेधाज्ञाका कारण धेरैजसो सहकारी संस्थाहरुले पनि सम्पर्क व्यक्ति मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको देखिएको छ । यतिबेला कोरोना भाइरस(COVID-19) को महामारी बढेको भन्दै काठमाडौं , भक्तपुर , ललितपुर सहित विभिन्न जिल्लामा निशेधाज्ञा गरिएको छ ।
लामो समय लकडाउनको मार खेपेका हुँदा खाने नागरिकहरु पुन: जारी रहेको निशेधाज्ञाले झन बढी समस्यामा परेका छन् तर सरकारले यसबारेमा चासो दिएको महसुस नागरिकहरुले गर्न सकेका छैनन् ।

