२ नं. प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयद्वारा १०० वटा सहकारी संस्थालाई कम्प्युटर प्रदान

0 Shares

सहकारी संस्थालाई प्रविधिमा जोड्न भन्दै २ नं. प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले २ नं. प्रदेश अन्तर्गतका ८ वटै जिल्लामा सञ्चालनमा रहेका १०० वटा सहकारी संस्थालाई कम्प्युटर सेट प्रदान समाचार प्राप्त भएको छ । रु.७० हजार मूल्य बराबरको कम्युटर सेट धनुषाका २६ , सर्लाहीका १२ , सप्तरीका १२ , महोत्तरीका १२ , सिराहाका १२ , रौतहटका १० , बाराका १० र पर्साका ६ वटा सहकारी संस्थालाई प्रदान गरिएको जनकपुरधामबाट प्राप्त समाचारमा जनाइएको छ । कृषि तथा  साना व्यवसायलाई प्रवर्द्धन गर्न , आर्थिक उपार्जन बढाउन र गरिवी निवारण गर्न सहकारीको महत्वपूर्ण भूमिका हुने भएकोले सहकारीलाई शसक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले ती सहकारी संस्थाहरुलाई कम्युटर प्रदान गरी सहयोग गरिएको २ नं. प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेश शाहको भनाई छ ।

Leave a Reply