भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.द्वारा जुम मार्फत प्रडक्ट डिजाइन तालिम सम्पन्न
भाद्र १९, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा जुममार्फत प्रडक्ट डिजाइन तालिम सम्पन्न भयो । तालिममा
उद्घाट्न मन्तव्य व्यक्त गर्दै सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले महामारीको विषम परिस्थितीमा पनि यस संघले आफ्ना सदस्य संस्थाहरुलाई निरन्तर शिक्षा, तालिम तथा सूचना
प्रदान गर्न जुम प्रविधिको सदुपयोग गरी भर्चुअल तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले तीन हप्तासम्म निषेध आज्ञा जारी गर्दा अतिआवश्यक सेवाका पसल व्यवसायका साथै विकास निर्माणसँग सम्वन्धित पसल व्यवसाय समेत निश्चित समय सञ्चालन गर्न पाउने अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाउनु पर्ने उपाय अबलम्वन गरिरहेका सहकारी संस्थाको सेवा वारेमा उल्लेख नगरी सहकारी क्षेत्रलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ती प्रकाशित
गरेको कुरा बताउनुभयो ।
त्यस आवसरमा सोही संघका वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजकुमार लघुले महामारीको अवस्थामा तालिम आवश्यकताको विश्लेषणबाट प्राप्त पृष्ठ पोषणका आधारमा भाद्र ९ गते बार्षिक योजना तथा बजेट निर्माण तालिम, भाद्र १६ गते महामाहारीमा ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको कुरा बताउनु भयो । उहाँले सहभागीहरुलाई स्वागत गर्दै महामाहारीको अवस्थामा व्यवसाय निरन्तरतामा यस तालिमले महत्वपुर्ण भुमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा बाराही बचत तथा ऋण सहकारी संस्था लि.,भुलाँचा ,भक्तपुरका व्यवस्थापक शिवजी हाकुदुवालले प्रडक्टको परिभाषा, प्रडक्ट निर्माणका प्रक्रिया र बजारीकरणका बारेमा प्रस्तुतीकरण दिनु हुदै महामहारीको अवस्थामा सहकारी व्यवसायलाई निरन्तरता दिन महामाहारीलाई अवसरको रुपमा लिई नयाँ प्रडक्टहरु बनाउन सकिन्छ भन्नुभयो । उहाँले महामारीको अवस्थामा सहकारी संस्थाले गर्नुपर्ने कामहरु बताउनु भयो ।
त्यस तालिम सोही संघको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको थियो भने त्यसै जुम तालिममा ६३ जनाको प्रत्यक्ष सहभागिता रह्यो । तालिममा उठेको जिज्ञासाको सोही संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु तथा व्यवस्थापक बालकृष्ण धोजु र प्रस्तोता शिवजी हाकुदुवालले सहजिकरण गर्नु भएको थियो ।
………………………………….

