आज मध्यरातबाट काठमाडौं उपत्यकामा निशेध आज्ञा खुकुलो हुने

0 Shares


कोरोना भाइरस महामारी बढेको भन्दै काठमाडौं , ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यही भदौ ४ गते मध्यरातदेखि लगाएको निशेध आज्ञा आज मध्यरात पछि खुकुलो हुने भएको छ तर निशेध आज्ञाको समय भने भदौ मसान्तसम्म बढाएको बताइएको छ । व्यवसायी लगायतले निशेध आज्ञा खुकुलो नगरिए आफूले स्वतस्फूर्त आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने भनेर सरकारलाई दवाव दिदै आएका थिए । काठमाडौं उपत्यकाका भित्रका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निशैध आज्ञा खुकुलो बनाउने निर्णय गरे सँगै भोलिबाट जोर विजोर प्रणालीका आधारमा निजी र सावर्जनिक यातायात सञ्चालन हुनुका साथै सुरक्षा सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।
………………………………….

Leave a Reply