काठमाडौं मेडिकल कलेज र स्टार हस्पिटलले दिए एउटै व्यक्तिको फरक-फरक कोरोना रिपोर्ट
काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज र ललितपुरको सानेपा स्थित स्टार हस्पिटलले एउटै व्यक्तिको कोरोना परीक्षण रिपोर्ट फरक फरक दिएका पाइएको छ । गत हप्ता गाडीबाट इलायदेखि काठमाडौं आएकी एक युवतीको दुबै हस्पिटलमा पीसीआर परीक्षण गर्दा सो रिपोर्ट आएको हो । अलेली घाटी दुखेको अवस्थामा काठमाडौं मेडिकल कलेजमा कोरोना परीक्षणका लागि स्वभाव दिएकी ती युवतीले त्यहाँबाट रिपोर्ट आउन ढिलो हुने देखेपछि त्यसको २ दुई दिन पछि उनले स्टार हस्पिटलमा कोरोना परीक्षणका लागि पुन: स्वभाव दिइन , दुबैतिर को रिपोर्ट भने एकै दिन आयो तर स्टार हस्पिटलले नेगेटिभ रिपोर्ट थियो भने काठमाडौं मेडिकल कलेजले पोजेटिभ रिपोर्ट दिएको र रिपोर्ट आएको भोलिपल्ट अर्थात यो हप्ताको शुरु मै उनी विदेश गई सकेको ती युवतीको पारिवारिक स्रोतले जनाएको छ । त्यसलाई नजिकबाट नियालेका गीतकार महेश आचार्यले उक्त रिपोर्ट देखेपछि अलेली ज्वरो आउदैमा र घाटी दुख्दैमा हस्पिटल गई हाल्दा कोरोना भाइरस भयो भनेर हस्पिटलले रिपोर्ट दिने सक्ने अवस्था हुने रहेछ भनेर साथीहरुलाई भनिरहेका छन् ।
