८ बुँदे सहमती भएपछि प्रा.डा. के.सी. अनशन तोढ्दै

0 Shares

सरकारी बार्ता टोली र आमरण अनशनरत प्रा.डा. गोविन्द के.सी. वीच हिजो ८ बुँदे सहमती 

भएपछि आज २८औं दिनमा प्रा.डा. के.सी. ले अनशन तोड्दे हुनुहुन्छ । हिजो सो ८ बुँदे सहमतीपत्रमा सरकारी बार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र प्रा.डा  के.सी.ले हस्ताक्षर गर्नु भएको थियो । गत विहीवार नै  सरकारी बार्ताटोली र प्रा.डा. के.सी. पक्षको वार्ताटोली वीच भएको छलफल सहमती नजिक पुगेपनि शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलका कारण वार्ता बाडिएको बताईएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति 

जारी गरी प्रा.डा. के.सी.विज्ञप्ति जारी गरी अनशन तोड्न आग्रह गरेको थियो तर प्रा.डा. के.सी.को माग पूरा गरी  उहाँको जीवन रक्षा गर्न सरकारलाई चौतर्फी जनदवाव परेको थियो  । यता ६ बूँदे माग राखी आमरण अनशनरत प्रा.डा. के.सी. को जीवन रक्षाका लागि सरकारलाई दवाव दिने उद्देश्यले हिजो नेपाल चिकित्सक संघले आकस्मिक र कोरोना उपचार बाहेकका सेवा आज बहिस्कार गर्ने घोषणा गरेको थियो । 

यही वीचमा  आईओएमकी डिन डा. दिव्या सिंह शाहको पहलमा पुन: सरकारी वार्ताटोली र प्रा.डा. के.सी. पक्षीय वार्ता टोली वीच छलफल भई सहमती भएको थियो । यससँगै नेपाल चिकित्सक संघले पनि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

Leave a Reply