सत्येन्द्र ठाकुर बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा पुन: चयन

0 Shares

२ नं. प्रदेशसभा सदस्य पारश शाहको प्रमुख आतिथ्यतामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ११ औं वार्षिक साधारणसभा बारा जिल्ला सदरमुकाम कलैया स्थित सिंघेश्वर स्कूलमा यही असोज २४ गते सम्पन्न भएको छ । सोही संघका अध्यक्ष सत्येन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शाहले राष्ट्रिय अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्र समृद्धिको आधार भएकोले यसको विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो ।

सोही साधारणसभाले सत्येन्द्र ठाकुरलाई पुन: उक्त संघको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ‌। सोही सञ्चालक समितिको उपाध्यक्षमा राजुप्रसाद अधिकारी , सचिवमा मनिन्द्रराज शर्मा , सह-सचिवमा शालिकराम अधिकारी , कोषाध्यक्षमा शोभाकुमारी राउत तथा सदस्यमा शिला देवी , आनन्दप्रसाद यादव , यज्ञ तिवारी , शम्भु महतो , विशुनदयाल चौधरी ,अंगद शहनी र राम एकवाल प्रसाद यादव चयन हुनु भएको छ ।  त्यस साधारणसभाले सो संघको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

्््््््््््््््््््््््््््््््््््््््््््््््््््््््््

Leave a Reply