के.बी. उप्रेती नेडाको उपाध्यक्षमा पुन: निर्वाचित

0 Shares

 एसिया तथा प्रशान्त क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि सञ्जाल(नेडा) को साधारणसभा शनिवार सम्पन्न भएको छ । सो साधारणसभाबाट राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती नेडाको उपाध्यक्ष पदमा पुन: निर्वाचित हुनु भएको छ  । उप्रेती यस अगाडि पनि राष्ट्रिय सहकारी बैंक लि.को तर्फबाट प्रतिनिधित्व गरी नेडाको उपाध्यक्ष हुनुहुन्थ्यो । राष्ट्रिय सहकारी विकास बोर्ड , राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपाल , राष्ट्रिय सहकारी बैंक लि. र नेपाल कृषि केन्द्रीय सहकारी संघ लि. नेपालको तर्फबाट नेडाको सदस्य रहेका छन् ‌।  

उप्रेती नेडाको उपाध्यक्ष पदमा पुन: निर्वाचित हुनु भएकोमा विभिन्न सहकारी संघ/ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले ऊहाँलाई बधाई दिदै  उक्त पदीय जिम्मेवारीको सफलताको कामना गरेका छन्  ।

Leave a Reply