श्रीबृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि., मिलनचोकको कूल कारोवार रु.९,९२,९२,९०४.९३

ललितपुर महानगरपालिका-१४ मिलनचोक- नखिबोटमा रहेको श्रीबृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि. कोरोना महामारीको विषम परिस्थितिमा पनि प्रगतिपथमा अगाडि बढेको देखिएको छ । २०७७ मंसीर २५ गतेसम्म सो संस्थाको शेयर पूँजी रु.१,६२,३७,८०० , निक्षेप संकलन रु.७,४८,८२,२१२ , कर्जा लगानी रु.६,२३,९७,८६१ र कूल कारोवार रु.९,९२ ९२,८०४.९२ रहेको उक्त संस्थाले जनाएको छ ।
सो संस्थाले हालै सहकारी विभागको निर्देशन पालना गरी आफ्नो ८औं वार्षिक साधारणसभा भर्चुअल विधिबाट सम्पन्न गरेको छ । सोही संस्थाका अध्यक्ष जगदीश्वर अधिकारीले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै समाजमा छरिएर रहेको स-सानो पूँजी संकलन गरी त्यसलाई सहुलियत व्याजदरमा लगानी गरी सामाजिक , आर्थिक तथा सांस्कृतिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले २०६९ असोज १० गते २८ जना शेयर सदस्यहरुबाट बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापना भएको यो संस्था २०७२ सालमा बहुउद्देश्यीय सहकारी संस्थाको रुपान्तरित भई सिङ्गो ललितपुर जिल्लाभर कार्यक्षेत्र विस्तार गरी निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । त्यस साधारणसभा सो संस्थाका कोषाध्यक्ष दुर्गाप्रसाद अमगाईले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक देवीदत्त ढकालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट ती प्रतिवेदनहरु छलफल भई पारित भएका थिए । २०७७ असार मसान्तसम्म त्यस संस्थाको शेयर पुँजी रु.१,५०,४५,१००, निक्षेप संकलन रु.५,८९,५६,५९४.७० , कर्जा लगानी रु.५,३१,४९,१८३.६० र कूल कारोवार रु.८,०३,७७,२१३.९२ रहेको बताइएको छ ।