हेटौंडा साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७६/०७७ मा शेयर पूँजी रु.३,६५,०७,८००

0 Shares

मकवानपुरको हेटौंडा उप-महानगरपालिका- ७ , नागस्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि.को २१औं वार्षिक साधारणसभा २०७७ मंसिर २६ गतेबाट शुरु भई पुस ११ गते सम्पन्न भएको छ । सहकारीको साधारणसभा सम्बन्धी सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभाको समापन कार्यक्रम हेटौंडा उप-महानगरका मेयर हरिबहादुर महतको प्रमुख अतिथ्यतामा २०७७ पुस ११ गते सम्पन्न भयो । सो कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि महतले सामाजिक तथा आर्थिक परिवर्तनमा महत्वपूर्ण योगदान गरिरहेको सहकारी क्षैत्रको विकास र प्रवर्द्धनको लागि हेटौंडा उप-महानगरफालिका लागिरहेको छ भन्नुभयो । उहाँले हैटौंडा साकोसले आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदान देख्दा आफूलाई खुशी लागेको बताउनुभयो ।हेटौंडा उप-महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राजन थापा , जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सोही संस्थाका जेष्ठ शेयर सदस्य रामबहादुर पराजुली , उत्कृष्ठ मासिक बचतकर्ता शेयर सदस्य अम्बिका नेपाल , बलराम महत र ईन्द्रकुमारी बस्नेत, असल ऋणी सदस्य इन्दिरा चापागाई , धनशकंर खतिवडा र मिनकुमारी लामिछाने , उत्कृष्ठ दैनिक बचतकर्ता शेयर सदस्य रोहित कुमार केबी र नवराज गुरुङ, उत्कृष्ठ वाल बचतकर्ता  इशानराज कार्की , इभाना श्रेष्ठ  र जागृत बोहरा तथा  प्रदेश दैनिकमा कार्यरत पत्रकार विजय पौडेललाई सम्मानित गरिएको थियो । साधारणसभाले त्यस संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थाको ऋण लगानी रु.२८ करोड ६४ लाख ९१ हजार ४३८ ,शेयर सदस्य संख्या ५ हजार भन्दा बढी , शेयर पूँजी रु.३ करोड ६५ लाख ७ हजार ८ सय , बचत निक्षेप रु.३७ करोड ६७ हजार ३ सय ७९ र कूल कारोवार रु.१ अर्व ३७ करोड भन्दा बढी रहेको र आर्थिक वर्ष २०७६/०७७ मा रु.१ अर्ब ५३ करोड कूल कारोवार पु-याउने लक्ष्य रहेको उल्लेख  छ ।

 

Leave a Reply