ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा पल्स (PEARLS) तालिम सम्पन्न
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा यही माघ ४ र ५ गते पल्स (PEARLS)
तालिम सम्पन्न भएको छ । सहकारी प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नु भएको उक्त तालिममा ललितपुरका विभिन्न विषयगत सहकारी संस्थाहरुबाट २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक सन्तोष बजगाईको भनाई छ । सहकारीको लेखा व्यवस्थानका लागि आवश्यक पल्र्सका विभिन्न इण्डिकेटरहरुको अभ्यास गरी त्यसको आधारमा संस्थाहरुले आफ्नो व्यवसायिक योजना तथा पोलिसी निर्माण गर्ने आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको थियो ।
त्यस तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा पल्र्सलाई अनिवार्य लागू गरी सही तरिकाबाट लेखा राखी यसलाई संस्थागत विकासको अधारभूत कुराहरुको रुपमा लिई यसको सही रुपमा कार्यान्वयन गर्न सबै सहभागीहरुलाई सुझाव दिनुभयो । त्यस्तैगरी सोही संघका वरिष्ठ उपाध्यक्ष तथा शिक्षा तालिम उप-समिति संयोजक करुणारत्न बज्राचार्यले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पल्र्सको महत्वलाई अंगिकार गर्दै अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गर्नुभयो ।
बचत ऋण सहकारीका संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको यो तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट सिकेको ज्ञानले पल्स अनुसार संस्थामा हिसाब किताब सही ढंगबाट राख्न सकिने र संस्थाको व्यवसायिक योजना र आवश्यक विभिन्न पोलिसी निमार्ण गर्नको लागि यो सहयोगी हुने बताए थिए ।

