प्रोग्रेसिभ फाइनान्स लि.२६औं वर्षमा प्रवेश , थप ४ शाखा बिस्तारको अन्तिम तयारीमा

प्रोग्रेसिभ फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले ‘यस प्रोग्रेसिभ साइन्स लि.ले आफ्नो थप ४ वटा शाखा बिस्तारको अन्तिम तयारीमा रहेको छ’ भन्नुभयो । उहाँले प्रोग्रेसिभ फाइनान्स लि.को कारोवार शुभारम्भ भएको २५औँ वर्ष पूरा भई २६औँ वर्षमा प्रवेश गरेको अवसरमा उहाँले सो कुरा बताउनु भएको छ ।प्रोग्रेसिभ फाइनान्स लि.को सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै यसको सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने तथा लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बञ्चित रहेका निम्न तथा मध्यम वर्गीय परिवार समक्ष वित्तीय सेवा पु-याउने उद्देश्यका साथ हाम्रो यो फाइनान्स अगाडि बढेको उहाँको भनाई छ ।
काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको सो फाइनान्स कम्पनिले आफ्ना १० वटा शाखा कार्यालय र ४ वटा एक्सटेन्सन कार्यालयहरुबाट आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । रु.८० करोड चुक्ता पूँजी पु-याएको त्यस फाइनान्स क.लि.ले थप गति लिएको र शाखा सञ्जाल विस्तार, आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा , व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय अबस्था मजबुत बनाएकाे सोही फाइनान्सका अध्यक्ष किशोरकुमार महर्जनको भनाई छ ।
आफ्नो २५औं बार्षिकोत्सवका अवसरमा त्यस फाइनान्सले स्थापना कालदेखि नै वित्तीय संस्थालाई निरन्तर रुपमा सहयोग गर्नु हुने ग्राहक महानुभावहरु, शेयरधनी, सञ्चालक, बैंकमा कार्यरत कर्मचारीहरु तथा शुभेच्छुकहरुका साथै यस संस्थालाई निरन्तर रुपमा प्रोत्साहन एवं अभिभावकीय भूमिकाद्वारा सहयोग गरिरहनुु भएका नियमनकारी निकायहरु : नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, बिभिन्न सरकारी र गैर-सरकारी निकायहरु प्रति आभार व्यक्त गरेको छ ।