नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर ढुङ्गाना र मिश्रद्वारा पदभार ग्रहण

नेपाल राष्ट्र बैंककका नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्रले बुधबारबाट आफ्नो पदभार ग्रहण गरेका छन् । यससँगै नेपाल राष्ट्र बैंकले प्रथम महिला डेपुटी गभर्नर प्राप्त गरेको छ । यही मंगलबार बसेको नेपाल सरकार , मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागकी निर्देशक निलम ढुंगाना तिम्सिना र विनिमय विभागका निर्देशक बमबहादुर मिश्रलाइ डेपुटी गभर्नर नियुक्त गरेको थियो । सहायक निर्देशकबाट ढुंगाना २०५४ साल र मिश्र २०५९ सालमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थियो । यस अघिका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल यही फागुन १८ गते समाप्त भएपछि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त थियो । नेपाल राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिदै आएको थियो ।