सहकारी नियमावली निर्माण गर्दै महालक्ष्मी नगरपालिका
२०७५ सालमा आफ्नो सहकारी ऐन जारी गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाको सहकारी नियमावली भने निर्माणको प्रक्रियामा रहेको जनाइएको छ । सोही नगरपालिकाकी अधिकृत उर्मिला ढकालले यस नगरपालिका भित्र कार्यक्षेत्र रहेका ८८ वटा सहकारी संस्थाको फाइल तत्कालीन डिभिजन सहकारी कार्यालयले यस नगरपालिकालाई बुझाएको र यसबेला तिनै ८८ वटा सहकारी संस्था सञ्चालनमा रहेको सहकारी सञ्जाललाई बताउनुभयो । यस नगरपालिकाबाट कति वटा नयाँ सहकारी संस्था दर्ता भए नि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको प्रश्नको जवाफमा अधिकृत ढकालले ‘यस नगरपालिकाको सहकारी नियमावली निर्माणको प्रक्रियामा रहेकोले हामीले नयाँ सहकारी संस्था दर्ता गरेका छैनौं र हाम्रो यो नगरपालिकाको नियमन क्षेत्र भित्र रहेका कुनै पनि सहकारी संस्थाको एकीकरण पनि भएका छैनन् , बरु यतिबेला ती सहकारी संस्थाहरुको कोपोमिसमा प्रतिष्टि गर्ने कार्य भइरहेको छ’, भन्नुभयो । यसबेलासम्म कति वटा सहकारी संस्था कोपोमिसमा प्रविष्टि भए नि भनी सहकारी सञ्जालका प्रधान सम्पादक कार्कीको पुन: अर्को प्रश्नको जवाफमा अधिकृत ढकालले ‘आधा जति सहकारी संस्थाको प्रविष्टि गर्ने कार्य सकियो । सबै सहकारी संस्थाको कोपोमिसमा प्रविष्टि गर्ने कार्य सकिएपछि तिनीहरुलाई कोपोमिस सञ्चालन सम्बन्धी तालिम दिने योजना छ भन्नुभयो ।
