सहकारी मर्जरलाई प्रोत्साहन गर्नु पर्दछ

0 Shares

 

बिभु पोखरेल , सहकारी अभियन्ता

 

६४ औ राष्ट्रिय सहकारी दिवस मनाइरहेको सन्दर्भमा हामी सहकारीकर्मीले एक पटक सुक्ष्म रुपमा आफू र अभियानलाई मुल्यांकन गर्नु पर्ने बेला भएको छ ।जागरणको क्रमबाट सुरु भएको अभियान प्रविधिलाई आत्मसात नगरिकन अगाडि नबढ्ने अबस्थामा आइपुगेको छ । यो पक्षलाई अवसर र चुनौति मान्दै सहकारीको मर्मलाइ जनस्तरमा पु-याउनु पर्ने छ ।

हामीले रौतहटमा राष्ट्रिय दिवसलाइ सबै सस्थाको प्रतिनिधित्व हुने गरी यसपाली तय गरिएको नारा तथा “सहकारी र स्थानीय तहको भूमिका ” बिषयमा केन्द्रित रही अन्तर्क्रिया गरी मनाउदै छौं ।

आज हामीसँग अवसर नै अवसरको खात छ । उक्त अवसरलाइ कसरी सदुपयोग गर्ने भन्ने चिन्तन र कार्यन्वयन गर्ने प्रणालिको बिकास गर्न आबश्यक छ । यसपालीको नाराले नै स्पष्ट पार्छ कि सहकारीको स्तर कुन दिशाबाट अघि बढिरहेको छ ।

म प्रदेश न २ , त्यसमाथि पनि हरेक सुचाङ्कमा पछि परेको जिल्ला रौतहटको सहकारी अभियानमा निरन्तर लागिरहेको व्यक्तिले सहकारीको गतिविधिलाई नियाल्नु पर्दा सम्बन्धित पालिकाहरुले नियमन, नियन्त्रण ,उत्प्रेरणा र प्रोत्साहन गर्ने पद्धतिको निर्माण गरे पछि सो अनुसारको कर्मचारी दरबन्दी ब्यवस्था गर्न नसकेर अस्तब्यस्थ भएको अनुभूती गरेपनि बिस्तारै सहज वाताबरण निर्माण हुँदै गएको महशुस गर्न सकिन्छ । जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरु सहकारीप्रति सकारात्मक देखिन थाल्नु भएको छ । उहाँहरुले प्रदेश ऎन तथा पालिका ऎन निर्माण गर्न तदरुपता देखाएबाट पनि स्थिति बिस्तारै सहज बनेको महशुस गर्न सकिन्छ ।

पछिल्लो समयदेखि तरलतामा बृद्धि ,उत्पादनमूलक क्षेत्रमा ऋण मागमा कमी ,सबै संस्था ब्राण्डिङमा जान नखोज्नु ,अस्वस्थ प्रतिस्पर्धा ,ऎन ,नियमावली र मापदण्ड कार्यन्वयनमा बेवास्ता ,दोहोरो सदस्यता जस्ता पक्षले काम गर्ने सस्थालाइ पनि असहज बनाएको छ । अबको यात्रा कानुनको पुर्ण पालना गर्ने/गराउने ,सदस्यहरूलाई स्वरोजगार बनाउने ,परम्परागत गुजारा उत्पादन प्रणाली भन्दा व्यवसायिक उत्पादन प्रणालीलाई प्रोत्साहित गर्ने,आधुनिक प्रबिधिको प्रयोगमा ध्यान दिने , संस्थालाइ नीति र विधि भित्र रही प्रविधिमैत्री बनाएर अगाडि बद्ने , एकरुपता प्रणाली तथा मर्जरलाइ प्रोत्साहित गर्ने हो भने सहकारी मार्फत सदस्यहरुको जनजीविकामा आमूल परिबर्तन ल्याउन सकिन्छ ।

(पोखरेल रोतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का नि:बर्तमान उपाध्यक्ष हुनुहुन्छ ।) )

Leave a Reply