आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिकमा राष्ट्रिय सहकारी बैंक लि.को नाफा रु.६२,८५,२१,०००

0 Shares

मुख्य कार्यालय सहित ६८ वटा शाखा कार्यालय मार्फत आफ्नो सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको राष्ट्रिय सहकारी बैंक लि.ले आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिकमा आर्जन गरेको नाफाको तुलनामा आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिकमा आर्जन गरेको नाफा ६९ प्रतिशत जति बढी आर्जन गरेकौ जनाइएको छ । आर्थिक वर्ष २०७६/०७७ को तेस्रो त्रैमासिकमा रु.३७,१२,६८,००० नाफा कमाएको उक्त बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिकमा रु.६२,८५,२१,००० हजार नाफा आर्जन गरेको बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट ७ वटै प्रदेशमा प्रदेश स्तरीय कार्यालय खोल्ने अनुमती पाएको र १३,२०८ वटा जति सहकारी संघ/संस्था सदस्य , रु.२,८६,०९,३०,००० शेयर पूँजी , रु.३३,११,७४,७८,००० कर्जा लगानी , रु.५९,४५,४३,७२,००० निक्षेप संकलन र रु. ९१,३४,७५,००० जगेडा कोष रहेको सो बैंकमा चालु आर्थिक २०७७/०७८ को तेस्रो त्रैमासिकमा.खुद ब्याज आम्दानी रु.१,२१,३३,९५,००० रहेको त्यसै बैंक स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा भने त्यस बैंकको खुद ब्याज आम्दानी रु.७१,९७,९६,००० रहेको बताइएको छ ।

६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सो बैंकका सबै शाखा कार्यालयले सार्वजनिक विद्यालयमा १/१ वटा वाल क्लव गठन गरेका थिए ।

Leave a Reply