मार्गदर्शन साकोसले सुरू ग-यो नि:शुल्क एटीएम र QR सेवा

0 Shares

चितवनको भरतपुर नगरपालिका- १६, फुर्तिचोकमा प्रधान कार्यालय रहेको मार्गदर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले एटीएम(ATM) र QR Fone Pay सेवा सुरु गरेको छ। स्मार्ट सदस्य- स्मार्ट साकोस अभियान चलाइरहेको सहकारीले आफ्ना सदस्यहरुलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन र कोरोना महामारीमा सदस्यहरूलाई कारोवारमा सरल र सहज पहुँच एवम् सेवालाई विस्तारीकरण गर्ने मुख्य अभिप्रायले एटीएम (ATM) र QR Fone Pay सुबिधा सञ्चालनमा ल्याएको सो संस्थाले जनाएको छ । त्यस सस्थाले सदस्यहरुलाई आफ्नो रकम जम्मा गर्न र भुक्तानी लिनको लागि पेपरलेस कारोवार अन्तर्गत e-teller सेवा समेत सञ्चालनमा ल्याएको छ , जसले सदस्यहरुलाई रकम जम्मा गर्नको लागि भौचर भर्न र भुक्तानी लिनको लागि भुक्तानी पुर्जा (चेक) काटिरहने झञ्झटबाट सहज भएको देखिएको छ ।

प्रविधिको प्रयोगबाट गरिएको कारोवारहरू पारदर्शी, सहज, छिटो र छरितो समेत हुने भएकाले संस्थाले प्रबिधिको प्रयोगमा जोड दिदै आएको सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमले बताउनुभयो । सस्थाले सबै डिजिटल प्रविधिहरु नि:शुल्क उपलब्ध गरिरहेको , सोको प्रयोगमा लाग्ने कारोबार शुल्क समेत सदस्यहरुलाई छुट गरेको र बजारमा आउने सबै डिजिटल प्रविधि सदस्यहरुलाई उपलब्ध गर्न सस्था तयारी अवस्थामा रहेको उहाँको भनाई छ । उहाँले ‘सस्थाले नगदरहित कारोवार सेवाको लागि सदस्यहरुलाई प्रोत्साहनको नीति अवलम्बन गर्दै आएको छ’ भन्नुभयो !

सो सस्थाका कूल ५,७०० शेयर सदस्यहरु मध्ये २,४०० सदस्यहरुले मोवाईल बैकिङ्ग, एटीएम (ATM) र QR fone pay सेवा उपयोग गरिरहनु भएको जनाइएको छ ।

 

Leave a Reply