अन्तत: ओलीी नै पुन: प्रधानमन्त्री बन्ने निश्चित

0 Shares

नेपालको संविधान , २०७२ को धारा ७६ को उप-धारा २ अनुसार संयुक्त सरकार बन्न सक्ने अवस्था निर्माण हुन नसकेसँगै कामचलाउ अवस्थामा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पुन: प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आज साँझ ९ बजे भित्र संयुक्त सरकार निर्माणको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समय सीमा  तोकेपनि सो समय सीमा भित्र संयुक्त सरकार निर्माणको लागि दलहरु वीच सहमती जुट्न सकेन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन पहल भएको थियो । संयुक्त सरकार निर्माणको लागि नेपाली काँग्रेस , नेकपा(माओवादी केन्द्र) , जनता समाजवादी पार्टी र नेकपा(एमाले) को झलनाथ-माधव समूह वीच छलफल चलेपनि सहमती भने जुट्न सकेन ।  प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा(एमाले) का संसदीय दलका नेता ओली नेपालको संविधान,२०७२ को धारा ७६ को उप-धारा ३ बमोजिम पुन: प्रधानमन्त्री बन्ने अवस्था बनेको हो । प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति भण्डारीले दलहरुलाई संयुक्त सरकार गठन गर्नको लागि ३ दिनको समय दिनु भएको थियो । नेकपा(एमाले) भित्रको ओली खेमा र झलनाथ-माधव खेमा वीच पार्टी भित्र समस्या समाधान गर्ने विषयको छलफल सकारात्मक रुपमा अगाडि बढेपछि र जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तटस्थ बस्ने भएपछि संयुक्त सरकार बन्न सम्भव नभएको भएको हो । नेकपा(एमाले)का अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री ओलीले पुन: प्रधानमन्त्री बनेको १ महिना भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पर्ने छ । यदी उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेमा प्रतिनिधिसभा विघटन गरी ६ महिना भित्र प्रतिनिधिसभाको निर्वाचनमा जान सक्ने अवस्था बन्न सक्ने देखिन्छ ।

यता नेकपा(एमाले) भित्र प्रधानमन्त्री ओली खेमा र झलनाथ-माधव खेमा वीच बार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्ने नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वीच समझदारी भएको जानकारी प्राप्त भएको छ । दुई नेता वीच आज काठमाडौंको बुढानिलकण्ठमा भएको कुराकानीमा कार्यदल बनाएर पार्टी भित्रको समस्या समाधान गर्ने समझदारी भएको जनाइएको छ । जसका कारण नेकपा(एमाले)को झलनाथ-माधव समूहका सांसदहरुले संयुक्त रुपमा सांसद पदबाट राजिनामा दिने कार्य रोकिएको छ । आजै विहान बालुवाटारमा बसेको नेकपा(एमाले) को ओली समूहको स्थायी समिति बैठकले माधवकुमार नेपाल , भीम रावल , घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई यस अगाडि ६ महिना निलम्बन गर्ने गरी गरेको कारवाही फिर्ता लिने निर्णय गरी आजै उहाँहरुलाई कारवाही फिर्ता लिएको पत्र थमाइएको थियो । त्यस अगाडि आजै प्रधानमन्त्री ओलीका दूतको रुपमा अर्थमन्त्री विष्णु पौडेल र नेकपा(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल वीच नेपाल निवाश कोटेश्वरमा छलफल भएको बताइएको छ ।

Leave a Reply