क्विक साकोस, कोटेश्वरले ग-यो च्यासलस्थित प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

0 Shares

हिजो ललितपुरको लुभुस्थित प्रहरी चौकीलाई माक्स , सेनिटाइजर र फेससिल सहयोग गरेको काठमाडौं महानगरपालिका-३२ , कोटेश्वरमा रहेको क्विक बचत तथा ऋण सहकारी संस्था लि. ले आज ललितपुरको  च्यासलमा रहेको प्रहरी चौकीलाई ७५० थान माक्स , १० लीटर दरका ५ जर्किन सेनिटाइजर , ५०० थान पञ्जा , १० थान फेससिल र केही थान पीपीई(PPE) सहयोग गरेको छ । सो सामाग्री उक्त संस्थाका कार्यलय प्रमुख आस्लम लिम्बु र ऋण अधिकृत दीपेन्द्र चौधरीीले च्यासल स्थित प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी नायब निरीक्षक मुकुन्द थापा मगरलाई हस्तान्तरण गर्नुभयो । सो सहयोग सामाग्री ग्रहण गर्दै इञ्चार्ज मगरले कोरोना महामारीको संक्रमण बढिरहेको बेला क्विक साकोसले गरेको यो सहयोग साह्रै महत्वपूर्ण रहेको भन्दै त्यस संस्थालाई धन्यबाद ज्ञापन गर्नुभयो । त्यसै अवसरमा क्लिक बचत तथा ऋण सहकारी संस्था लि.का कार्यालय प्रमुख लिम्बुले कोभिड-१९ कोसंक्रमण बढिरहेको समयमा फ्रण्टलाइन रहेर नागरिकहरुको सुरक्षा गरिरहेका प्रहरी कर्मचारीहरु जोखिमबाट सुरक्षित रहन सकुन भन्ने उद्देश्यले हाम्रो संस्थाले यो सहयोग गरेको बताउनुभयो । उहाँले यसरी नै भोलि महानगरीय प्रहरी वृत्त कोटेश्वरलाई यस खाले सहयोग गर्ने कार्यक्रम रहेको छ’ भन्नुभयो । ‘दिनभरी मजदुरी गरेेर गुजारा गर्नु पर्ने अवस्थाका श्रमिकहरु , जसलाई निशेधाज्ञाका कारण रोजगारी गुमाएर छाक टार्न धौधौ परिरहेको अवस्था छ , उनीहरुका लागि पनि हाम्रो यस संस्थाले सकेको सहयोग गर्ने छ’ , उहाँको भनाई छ ।

Leave a Reply