क्विक साकोसद्वारा महानगरीय प्रहरी प्रभाग, कोटेश्वरलाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडौंको कोटेश्वरमा रहेको क्विक बचत तथा ऋण सहकारी संस्था लि.ले महानगरीय प्रहरी प्रभाग , कोटेश्वरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।आज सोही संस्थाका कार्यलय प्रमुख आस्लाम लिम्बु र ऋण अधिकृत दीपेन्द्र चौधरीले सयुक्त रुपमा महानगरीय प्रहरी प्रभाग , कोटेश्वरका प्रहरी निरीक्षक सुरेशराज भट्टलाई १,५०० थान सर्जरी माक्स र केही थान कोरियन माक्स , ५ लीटर दरका ५ जर्किन सेनिटाइजर , ५ थान अक्सिमीटर (oximeter) तथा केही थान फेससिल र पी.पी.ई.(PPE) प्रदान गर्नुभयो । उक्त सामाग्री ग्रहण गर्दै प्रहरी निरीक्षक भट्टले क्विक साकोसले प्रदान गरेको सहयोग सामाग्रीले नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगको लागि सो संस्थालाई धन्यवाद दिनुभयो । त्यसै अवसरमा क्विक बचत तथा ऋण सहकारी संस्था लि.का कार्यलय प्रमुख आस्लाम लिम्बुलेे कोरोना महामारीको विषम परिस्थितिमा फ्रण्टलाइनमा रहेर नागरिकको सुरक्षामा खटिने प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन सहयोग पुगोस् भनेर हाम्रो यस संस्थाले यो सानो सहयोग गरेको बताउनुभयो । आउदो जेठ २६ गते बुधबार हाम्रो यस संस्थाले ललितपुरको इमाडोलस्थित प्रहरी कार्यालयलाई पनि स्वास्थ्य सामाग्री सहयोग गर्ने कार्यक्रम तय भएको छ , त्यसै संस्थाका कार्यालय प्रमुख लिम्बुको भनाई छ ।
त्यस संस्थाले यही जेठ १८ गते ललितपुरको लुभू स्थित प्रहरी चौकी र हिजो ललितपुरकै च्यासल स्थित प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
