सहकारी बैंकका संस्थापक अध्यक्ष राजेश हरि जोशीको निधन
नेपालको सहकारी अभियानका अग्रज व्यक्तित्व राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष राजेश हरि जोशीको असामहिक निधन भएको छ
सहकारी अभियानमा ठूलो योगदान पुयाउदै आईरहेका जोशी हाल नेशनल डेभलभमेन्ट को अपरेटिभ सोसाइटि लि को अध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो । समाजसेवीको रुपमा पनि त्यतिकै परिचित मानिन्थे । यो जोशीको निधनले सहकारी क्षेत्रको एउटा ठूलो खम्बा ढलेको जस्तै भएको छ । जोशीको निधन प्रति सहकारी सञ्जाल मासिक पत्रिकाको तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।
