अब घरमै बसेर नेजु गुरु साकोसको सदस्य बन्न सकिने

0 Shares

काठमाडौंको भोटाहिटीमा केन्द्रीय कार्यालय रहेको नेजु गुरू बचत तथा ऋण सहकारी संस्था लि.मा अब घरमै बसेर सदस्य बन्न सकिने भएको छ ।

लकडाउनमा सदस्यहरुले प्रविधिको प्रयोग बढाएसँगै सो संस्थाले आफ्ने सेवालाई समय सापेक्ष रुपमा थप  प्रविधिमैत्री बनाउदै लगेको जनाएको छ ।
देश तथा विदेशमा बसेर नै उक्त संस्थाको सदस्य बन्न सकिने छ भने सदस्यहरुले स्वदेश या विदेशमा नै बसेर आफ्नो खातामा रहेको पैसाको जानकारी लिन सक्नुका साथै स्वदेशमा भुक्तानी गर्न समेत सक्ने जनाएको छ ।

संस्थाले खाता खोल्ने मात्र नभएर पुराना सदस्यहरुले घरमा नै बसेर आफ्नो सम्पूर्ण जानकारी सदस्य पहिचान फारम (KYM) अद्यावधिक गर्न सक्ने जनाएको छ । राष्ट्र बैँकको मातहतमा कारोबार गर्ने बैँक तथा वित्तीय संस्थाहरूमा यो सुविधा प्रयोगमा आइसकेको भए पनि सहकारी क्षेत्रमा भने नयाँ रहेको यो प्रविधी त्यस संस्थालेले सुरु गरेको र संस्थाको वेवसाइट www.nejugurucoop.com र मोबाइल एप्स nejuguru mBank प्रयोग गरेर संस्थामा रियल टाइममा खाता खोल्न र सदस्य पहिचान फारम अद्यावधिक गर्न सकिने जनाइएको छ ।
विगत १ वर्षदेखि प्रिमियम टेक्नोलोजी कोर बैंकिङ सलुसन प्रयोग गरिरहेको नेजु गुरू बचत तथा ऋण सहकारी संस्था लि. ले प्रविधिमा सधै उच्चतम प्रयोगका साथ नयाँ केही गरौँ भन्ने भावना र उत्साह भएको टिमबाट यो सेवा सुविधा थप गर्न सफल भएको त्यसै संस्थाका कार्यकारी प्रमुख रामकृष्ण श्रेष्ठको भनाइ छ । हाम्रो टेक्नोलोजीको सहकार्यमा सञ्चालित नेजु गुरू एम बैंक मोबाइल बैकिङ धेरै अपडेट सुविधाजनक रहेको र हालसालै सहकारी क्षेत्रमा नै पहिलो पटक संस्था कै मोबाइल बैकिङ nejuguru mBank बाट City Express Money Transfer बाट देश तथा विदेशबाट पठाएको पैस नेजु गुरू बचत तथा ऋण सहकारी संस्था लि.मा भएको आफ्नै खातामा पाउनुको साथै देशभर  रहेको सिटी एक्स्प्रेसको १२,००० एजेन्टबाट भुक्तानी लिने गरी पैसा पठाउन सकिने उक्त संस्थाका कार्यकारी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बैंकबाट सहकारीमा, सहकारीबाट बैंकमा रियल टाइम बैंक ट्रान्सफर सेवा, वालेट लोड, स्मार्ट क्यू आर , सम्पूर्ण Utility payment शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण, ATM कार्ड बिनानै(Card less) ATM बाट रकम भुक्तानी सेवा, राजश्व भुक्तानी, ट्राफिक जरिवाना जस्ता सेवा संस्थाले प्रदान गर्दै आएको छ भने उसले चाडै नै सहकारीबाट देशभर रहेका सहकारीहरूमा रकम ट्रान्सफर गर्न सकिने सुबिधा उपलब्ध गराउन लागेको जानकारी समेत गराउदै लकडाउनमा सदस्यहरुलाई घरमै सुरक्षित रहेर नेजु गुरू एम बैंक प्रयोग गर्न समेत अनुरोध गरेको छ।

 

Leave a Reply