शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.१२औं वर्षमा प्रवेश

0 Shares

काठमाडौंको चावहिल चुच्चेपाटीमा मुख्य कार्यालय र न्युरोडमा सदस्य सेवाकेन्द्र रहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. यही असार १६ गतेदेखि १२औं वर्षमा प्रवेश गरेको छ । शुभप्रवा स्मार्ट एप(मोवाइल बैंकिङ सेवा) , एटीएम(ATM) र क्युआर कोड जस्ता प्रविधि सञ्चालन गरिरहेको सो संस्था आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप राम्रोसँग सञ्चालन भइरहेको छ ‌।

उक्त संस्था १२औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सोही संस्थाका अध्यक्ष विदुर बस्नेत र प्रमुख कार्यकारी निर्देशक फडिन्द्रकुमार खड्काले सो संस्थाको सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने बाचा गर्नुभएको छ । उहाँहरुले त्यस संस्थालाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा सहयोग पु-याउने तथा सुभेक्षा प्रकट गर्नु हुने सबैमा धन्यबाद ज्ञापन सहित शुभकामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply