लक्ष्यराइज साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
–इश्वर ढुङ्गेल / काठमाडौं

९९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा काठमाडौंको चावहिलमा प्रधान कार्यालय तथा गोंगबु र कलंकीमा सदस्य सेवाकेन्द्र रहेको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भयो । काठमाडौं महानगरपालिका -१४, रुद्रनगर , कलकीमा सम्पन्न रक्तदान कार्यक्रममा १२३ जना रक्तदाताले रक्तदान गरेका थिए । काठमाडौंको सोल्टी मोडमा रहेको नेपाल रेडक्रस सोसाइटी , केन्द्रीय कार्यालयको प्रविधिक सहयोग तथा लायन्स क्लव इन्टरनेशनल , किवानिस क्लव अफ काठमाडौं भ्याली र डिस्ट्रिक्ट 325A1 सँग आबद्ध क्लवहरुसँगको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । त्यस कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई आयोजक लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सहदेव तिमिल्सिनाले प्रमाण-पत्र प्रदान गर्नुभयो ।


