मकवानपुर जिल्लाका सहकारी संघ/संस्थाहरुद्वारा कोभिड सचेतना कार्यक्रम सञ्चालन हुदै
मकवानपुर जिल्लाका सहकारी संघ/संस्थाहरुले ७ दिने कोभिड सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ । मकवानपुर जिल्ला विपद व्यवस्थापन समितिको निर्णय अनुसार सञ्चालन भइरहेको त्यस कार्यक्रम अन्तर्गत हेटौंडा उप-महानगरपालिका-१०, सिमाचोकमा कोभिड सचेतना सहायता कक्ष स्थापना गरिएको छ । बागमती प्रदेश सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेय , बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघ लि., मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटा , मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की अध्यक्ष कल्पना श्रेष्ठ लगायतको उपस्थितिमा २०७८ असार २९ गते स्वयंसेवकहरुलाई टिसर्ट प्रदान गरी शुभारम्भ भएको उक्त कार्यक्रम यही साउन ४ गते समापन हुने जनाइएको छ । त्यस कार्यक्रम अन्तर्गत सोही कक्षबाट प्रत्येक दिन बिहान ७ बजेदेखि अपरान्ह १२ बजेसम्म र अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म सहकारी अभियानको स्वयंसेवी टोलीले पालैपालो सेवा प्रवाह गरिरहेको मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव वीरेन्द्रप्रसाद ढुंगानाको भनाई छ ।
